ढुङ्गाले लागेर एक चिनियाँको मृत्यु | Khabarhub Khabarhub

ढुङ्गाले लागेर एक चिनियाँको मृत्यु


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- ढुङ्गा खसेर लाग्दा जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत कार्यरत एक जनाको मृत्यु र एक घाइते भएका छन् ।

आयोजनाको क्यामबाट बा२प ७१९८ नंको ट्रकमा आयोजनाकै कामका लागि ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुङ्गा खसेर ट्रकमा लाग्दा घाइते भएका चालक उबक्सीको उपचारका क्रममा आज बिहान मृत्यु भएको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए ।

ढुङ्गा ले ट्रकमा समेत क्षति पुगेको छ । त्यस्तै आयोजनाकै इञ्जीनियर लुच्याङ घाइते हुँदा बेँसीशहरमा रहेको मोडल अस्पतालमा उपचार भइरहेको अधिकृत गुरुङले जानकारी दिए । दुवै चिनियाँ नागरिक हुन् । मृतक उवक्सीको घुँडा र टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको आयोजनाले जनाएको छ ।

मृतक र घाइते दुवै जनालाई काठमाडौँ लैजाने तयारी भएको र शव बेँसीशहरमै परीक्षण गर्नुपर्ने प्रहरीको भनाइ रहेकाले लैजान ढिलो भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  २ : २० बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय