बम्जनको आश्रममा प्रहरीको छापा, भेटिएनन् बम्जन « Khabarhub

बम्जनको आश्रममा प्रहरीको छापा, भेटिएनन् बम्जन


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई लिटिल बुद्ध भनेर दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले छापा मारेको छ ।

हत्या र बलात्कार अभियोगमा प्रहरीको फरार सूचीमा रहेका बम्जनलाई नियन्त्रणमा लिन प्रहरीले छापा मारेको हो ।

सिआईवी प्रमुख डिआइजी सहकुल थापाका अनुसार, प्रहरीले आश्रममा छापा मारेपनि बम्जनलाई फेला पार्न भने सकेन ।

बम्जन माथि २०७२ मा आश्रममा आएका अनुयायीहरुको हत्या र बलात्कार गरेको अभियोग लागेको थियो ।

यसअघि ४ माघमा समेत प्रहरीले छापा मारेको थियो । यो बम्जनको आश्रममा छापा मारेको दोस्रो पटक हो ।

सीआईबीको टोली बिहीबार कुकुर सहित बम्जनको आश्रम पुगेको थियो । ठूलो जंगलको बीचमा उनको आश्रम भएको कारण उनी त्यहीँ जंगलबाट भागेको अनुमान प्रहरीको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ७ : १९ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा