जनगणनाको कार्यतालिका स्वीकृत, असार १५ गतेदेखि प्रश्‍नावली तयारी थालिने « Khabarhub

जनगणनाको कार्यतालिका स्वीकृत, असार १५ गतेदेखि प्रश्‍नावली तयारी थालिने


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा बिहीबार बसेको बैठकले कार्यतालिका स्वीकृत गरेको हो ।

साथै बैठकमा राष्ट्रिय जनगणना २०७८ लगायत जनगणनाका सबै विवरण रहने गरी विभागको सव डोमेनमा स्थायी वेबसाइटको रुपमा रहने गरी censusnepal.cbs.gov.np को राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सार्वजनिक गरे ।

कार्यतालिकाअनुसार यही असार १५ गतेदेखि जनगणनाको प्रश्नावली तयारी थालेर स्थानीय तहअनुसार जनगणनाको तालिम, तथ्याङ्क प्रशोधन केन्द्रको तयारी, ‘अनलाइन’मार्फत गणक तथा सुपरीवेक्षकको आवेदन, उनीहरुलाई तालिम, जिल्लामा जनगणनाको सामग्री जिल्ला–जिल्ला पठाउने जनगणनाका प्रदेश तथा जिल्ला जनगणना कार्यालय स्थापना, प्रारम्भिक तथा अन्तिम नतिजा र २०८० वैशाखभित्र विषयगत प्रतिवेदन सार्वजजिनक गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ११ : १६ बजे

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास