गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुग्यो | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुग्यो

शुक्रबार २४ जनामा संक्रमण पुष्टि


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा बाग्लुङमा १४, कास्कीमा ६, नवलपरासी बर्दघाट (सुस्ता पूर्ब ) २ र स्याङ्जामा २ गरी थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरूमध्ये ४ जना महिला र २० जना पुरूष छन् । संक्रमित हुनेहरूमा नवलपरासी बर्दघाट (सुस्ता पूर्ब ) विनयत्रिवेणी गाउँपालिकामा २८ र २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाग्लुङको गल्कोट नगरपालिकामा ८ जना र कोठेखोला गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको छ । गल्कोटमा ३५, ३८, ३०, २२, १९ र ४५ वर्षका पुरुष तथा ४२ र २० वर्षका महिलामा कोरोना भाइरस देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिकाका ५ जना र रुपा गाउँपालिकाका एकजना पुरुष पनि संक्रमित छन् । पोखरा महानगरमा भेटिएका संक्रमित १९ वर्षका २ जना र ४१ वर्षका एकजना पुरुष छन् ।  त्यस्तै, ३० र ५६ वर्षीया २ जनामा महिलामा समेत कोरोना भाइरस पुष्टि भएको छ । यस्तै रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस पाइएको छ ।

स्याङ्जाका २ जनामा कालीगण्डकी गाउँपालिकाका ३६ वर्षीय एक जना पुरुष हुन् भने अर्का ६३ वर्षीय पुरुषको ठेगाना खुल्न नसकेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरु सबैजना भारतबाट फर्किएका हुन् । सबै संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३४८ पुगेको शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ६ : ४२ बजे

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

भोजपुर– टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा

युक्रेनमा बमवारिबाट सबै भन्दा धेरै क्षति

किभ – यो साता युक्रेनमा भएको बमवारिबाट मर्नेको सङ्ख्या ३१

भारतका चोङ्गरेङ्गलाई हराउँदै नेपालका रवीन्द्र बने ‘म्याट्रिक्स फाइट नाइट’ च्याम्पियन

काठमाडौं– नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको

सार्वभौम प्यालेस्टाइन नभएसम्म हमासले हतियार नबिसाउने

प्यालेस्टाइन – हमासले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापना नभएसम्म

राखीको चहलपहल सुरु

महोत्तरी- मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग