चिनियाँ कम्युनिस्ट पार्टीले नेकपालाई प्रशिक्षण दिँदै « Khabarhub

चिनियाँ कम्युनिस्ट पार्टीले नेकपालाई प्रशिक्षण दिँदै


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपालाई प्रशिक्षण दिने भएको छ । प्रशिक्षणका तय गरिएको कार्यशाला वेबनार एप जुममार्फत सञ्चालन हुनेछ ।

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटी र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय पार्टी स्कूल विभागको संयुक्त संयोजनमा यस्तो कार्यशाला निश्चित गरिएको हो।

बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिस्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ।

भिडियो अन्तर्क्रियामा नेपालका तर्फबाट नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत १ सय भन्दा बढी उच्चस्तरीय नेताहरू सहभागी हुनेछन्। नेताहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थाओलगायत नेताहरूले प्रशिक्षित गर्ने जनाइएको छ। यसअघि गत वर्ष असोजमा दुवै देशका पार्टीको संयुक्त पहलमा काठमाडौंमा दुई दिने विचार गोष्ठी गरिएको थियो।

नेकपा स्कूल विभाग उपप्रमुख देवेन्द्र पौडेलले शुक्रबार सीपीसीका नेताहरूसँग विकास निर्माण, कोरोनाले पारेको प्रभाव, अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, अन्तरदेशीय सीमा लगायतका विषयमा छलफल हुने जानकारी दिए ।

यद्यपि स्थायी कमिटी सदस्यसमेत रहेका पौडेल भने सहभागी हुने छैनन् । उनी रुकुमको चौरजहारी हत्याकाण्डको छानबिन गर्न संसदीय समितिको नेतृत्व गर्दै रुकुम गएका छन् ।

उनले नेकपाका नेताहरू चीन नै जाने कार्यक्रम रहेको तर कोरोनाका कारण सम्भव नभएपछि वेबनार एप जुममार्फत अन्तरक्रियाको आयोजना गरिएको बताए ।
्

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १२ : २२ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले