ओम सर्जिकल कन्सर्न प्रालिसँग स्वास्थ्य सामग्री खरिदको सम्झौता « Khabarhub

ओम सर्जिकल कन्सर्न प्रालिसँग स्वास्थ्य सामग्री खरिदको सम्झौता


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि ओम सर्जिकल कन्सर्न प्रालिसँग सम्झौता गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत स्वासथ्य सेवा विभाग अन्तर्गत रहेको व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर रमेश खरेलले स्वास्थ्य सामग्री खरिदका लागि ओम सर्जिकल कन्सर्नसँग सम्झौता भएको जानकारी दिएका हुन् ।

उनले स्वास्थ्य सामग्री खरिदको प्रक्रिया कानूनबमोजिम भएको जानकारी दिए । उनले कोरोना रोकथाम तथा संक्रमितको उपचार लागि पर्याप्त मात्रामा स्वास्थ्य सामाग्री मौज्दात रहेको जानकारी दिए ।

डा खरेलले अनुसार स्वास्थ्य कर्मीका लागि पीपीइ पनि पर्याप्त मात्रामा रहेको छ । स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसार स्वास्थ्य सामाग्री विभिन्न अस्पतालहरुमा वितरणको काम पनि भइरहेको डा खरेलले बताए ।

सार्वजनिक खरिद ऐन अनुसार २०६३ को दफा ४१ को घ को ३ मा रहेको विशेष परिस्थितिमा खरिद गर्नुपरेमा सोझै खरिद गर्न सकिने र सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४५ मा व्यवस्था भएअनुसार आपुर्तिकर्तासँग वार्ता गरी स्वास्थ्य सामाग्री खरिद गरिएको उनले बताए ।

उनले पीसीआर परीक्षणको दायरा बढाउन एक लाख ५० हजार व्यक्तिको कोरोना परीक्षण गर्न आवश्यक पर्ने पीसीआर रियजेन्ट र भिटियम खरिद प्रक्रिया अघि बढाइएको पनि जानकारी दिए ।

उक्त स्वास्थ्य सामग्री खरिदका लागि ४२ करोड ८ लाख ११ हजार ५ सय लागत अनुमान रहेको र खदिर गर्ने कम्पनीसँग २७ करोड २१ लाखको सम्झौता भइसकेको पनि डा खरेलले जानकारी दिए । उनले १४ करोड ८७ लाख ११ हजार ५ सय कोषमा बचत भएको समेत जानकारी दिए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ६ : ५४ बजे

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

पर्सा– नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो

युद्ध उन्मादमा विराम लागेकोमा एमाले महासचिवको स्वागत, पाकिस्तानी भूमिकाको प्रशंसा

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय

गहुँको मूल्यमा गिरावट, समर्थन मूल्य तोक्न किसानको आग्रह

कैलाली– कैलालीका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन्

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाखभन्दा बढीको

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता, आपसी सहयोग विस्तार गर्ने सहमति

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत