चिनियाँ नेताहरुसँग प्रचण्डले भने- ‘बीआरआई’ नेपालको विकासमा अवसर बन्न सक्छ « Khabarhub

चिनियाँ नेताहरुसँग प्रचण्डले भने- ‘बीआरआई’ नेपालको विकासमा अवसर बन्न सक्छ


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको सम्बन्ध शान्तिमय र सहअस्तित्वका सिद्धान्तबाट निर्देशित भएको बताएका छन्।

शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग पार्टी र सरकार परिचालनको विषयमा अनुभव साटासाट गर्न आयोजित भिडिओ कन्फरेन्समा प्रचण्डले नेपाल एक चीन नीतिमा दृढ रहेको बताए।

उनले नेपाल ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)’ को पक्ष भएकाले हिमालय सीमापार बृहत् सम्पर्क सञ्जालका कारण साझा विकास र समृद्धिको अवसर प्राप्त हुने बताए ।

अध्यक्ष दाहालले नेपाल र चीनबीचको दुईपक्षीय आपसी सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा आधारित रहेकाले परस्पर सम्मान, सार्वभौम समानता, एकअर्काका साझा चासो र संवेदनशीलताप्रतिको बुझाइमा हुर्कँदै आएको उल्लेख गर्दै असल छिमेकी र मित्रताको विशेषता आपसी सम्बन्ध र विश्वास भएको जनाए ।

हङकङ र ताइवानको मुद्दामा नेपालले स्पष्टरुपमा चीनलाई समर्थन गर्ने स्पष्ट गर्दै उहाँले दुई देशको साझा विकास, समृद्धि र शान्ति तथा सौहार्दताका लागि मिलेर काम गर्न पार्टी तत्पर रहेको पनि जनाए ।

गत वर्ष नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक औपचारिक भ्रमणको स्मरण गर्दै अध्यक्ष दाहालले परिवर्तित समयमा आपसी सम्बन्धमा नयाँ आयाम दिने समय आएको उल्लेख गरे ।

अध्यक्ष दाहालले दुई पार्टीबीचको परस्पर भ्रमण आदान प्रदान र अन्तक्रियालाई निरन्तरता दिइने दुईपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दामा संयुक्त तालीम र सहकार्य गरिने बताए ।

कोरोना सङ्कटको शुरुआतका कारण गत डिसेम्बरमा आफ्नो पूर्वनिर्धारित चीन भ्रमण स्थगन भएको उल्लेख गर्दै उहाँले कोरोनाको स्थिति साम्य भएपछि भ्रमण गरिने योजना सुनाए ।

कोरोनाको उपचार र रोकथाममा चीनको पहलको सराहना गर्दै अध्यक्ष दाहालले नेपाललाई यस स्थिति र अरू अवस्थामा आर्थिक सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे । सो अवसरमा दुवै देशका कम्युनिष्ट पार्टीका केन्द्रीय स्कुल विभागका प्रमुख तथा नेताले विचार आदान प्रदान गरेका थिए ।

गत वर्ष दुई पार्टीबीच संयुक्त वैचारिक प्रशिक्षण र भ्रमण आदान प्रदानको सहमति भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ८ : ५६ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र