नेकपा सचिवालय बैठक बस्दै, छलफलको मुख्य एजेण्डा नागरिकता विधेयक « Khabarhub

नेकपा सचिवालय बैठक बस्दै, छलफलको मुख्य एजेण्डा नागरिकता विधेयक


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव आदि विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

नागरिकता ऐन, २०६३ संशोधन विधेयकका सन्दर्भमा वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी विषयमा दलहरूबीच विवाद छ । कांग्रेसले मौजुदा व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने बताउँदै आएको छ सत्तारूढ नेकपाले वैवाहिक अंगिकृत नागरिकताको प्रावधानमा कम्तिमा ७ वर्षको सीमा राख्नुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ८ : ३३ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको