सांसद सरिता गिरीलाई पक्राउको माग गर्दै प्रहरीमा उजुरी | Khabarhub Khabarhub

सांसद सरिता गिरीलाई पक्राउको माग गर्दै प्रहरीमा उजुरी


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ।

गिरीले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताविरुद्ध अभिव्यक्ति दिएको भन्दै पक्राउ गरी कारबाही गरिनुपर्ने मागसहित महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दर्ता भएको हो ।

महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार अधिवक्ताहरू सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले शुक्रबार उजुरी दिएका हुन् ।

सांसद गिरी जेठ ३१ गते संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा पाकिस्तानबाट बंगालदेश बने जस्तै नेपाल पनि टुक्रने र निशान छाप संशोधन विधेयककको समर्थन गर्नु आत्महत्या गर्नु सरह भएको अभिव्यक्ति दिएकी थिइन्।

उजुरीमा गिरीको अभिव्यक्ति नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता विपरीत भएको र त्यस्ता अभिव्यक्ति दिन संविधानले नै निषेध गरेकाले उनलाई तत्काल पक्राउ गरी राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन माग गरिएको छ।

गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (५) क अनुसार हदैसम्मको सजाय गर्न माग गरिएको छ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : ०२ बजे

नेपाललाई एमसीसीले ठूलो आर्थिक संकटमा पारिदियो : सुरेन्द्र पाण्डे

ललितपुर– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसी

प्रथम लायन्स कप भलिबल सुरु, पहिलो खेलमा इरानी टोलीले एपीएफलाई हरायो 

पोखरा– पोखरामा प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष

आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को

प्रचण्ड र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल