कोरोनाको संक्रमण विश्वभर नै घातक अवस्थामा पुगेको डब्ल्युएचओको चेतावनी | Khabarhub Khabarhub

कोरोनाको संक्रमण विश्वभर नै घातक अवस्थामा पुगेको डब्ल्युएचओको चेतावनी


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको संक्रमण विश्वभर नै घातक अवस्थामा पुगेको चेतावनी दिएको छ ।

विश्वभर एकै दिन शनिवार अहिलेसम्मकै सर्वाधिक १ लाख ८१ हजारभन्दा बढीमा संक्रमण देखिएपछि डब्ल्युएचओले यस्तो चेतावनी दिएको हो ।

संसारका विभिन्न देशमा कोरोना संक्रमणको अलग-अलग चरण चलिरहेको भन्दै डब्ल्युएचओले भाइरस संक्रमणको गति र संक्रमणको स्तर घातक अवस्थामा पुगेको चेतावनी दिएको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानमले अहिले कोरोना संक्रमण फैलिँदो क्रममा रहेको र खतरनाक बनेको बताएका छन् ।

उनले कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् ।

लकडाउन बढ्दै जादा आर्थिक अवस्था तहसनहस भएको भन्दै कयौं मुलुकहरूले लकडाउन खुकुलो बनाएको तथा हटाइसकेकाले जोखिम अझ बढेको डब्ल्युएचओको ठहर छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ३ : ३३ बजे

टोखाको सार्वजनिक पार्क भत्काएको आरोपमा दुईजना पक्राउ 

काठमाडौं– काठमाडौंको टोखा नगरपालिका– ७ मा रहेको सार्वजनिक पार्कमा तोडफोड

चतरा मालमेनेजरी गुठीको १६ सय बिघा जग्गा कहाँ छ ? पर्व चलाउनै धौधौ

काठमाडौं– कोशी नदी पहिले पूर्वामिमुखी भएर बग्दथिन् । प्राचीन कालको

काठमाडौंको तारकेस्वरस्थित पिपलडाँडामा एक महिला झुण्डिएको अवस्थामा फेला

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–८ पिपलडाँडा खेल मैदानको बारमा एक महिला

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड (तस्बिरहरू) 

काठमाडौं– आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथलगायत देशभरका

कर्णालीमा अझै ५० ठाउँमा तुइन

सुर्खेत– तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको