सूर्यग्रहण नांगो आँखाले नहेर्न सुझाव, दृष्टि गुम्नसक्ने खतरा ! « Khabarhub

सूर्यग्रहण नांगो आँखाले नहेर्न सुझाव, दृष्टि गुम्नसक्ने खतरा !


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज बिहान १०ः५३ बजेदेखि सूर्यग्रहण लाग्दैछ। आज खग्रास अर्थात सूर्य पूरै ढाकिने ग्रहण भए पनि नेपालबाट भने खण्डग्रास अर्थात केही भाग ढाकिएको मात्र देखिने छ ।

बाल्मिकी क्याम्पस ज्योतिष विभागका उपप्राध्यापक नेत्र अधिकारीका अनुसार आज बिहान १०ः५३ बजेदेखि शुरु ग्रहण अपराह्न २ः२४ मा समाप्त हुनेछ । मध्याह्न १२:४० मा मध्य हुँदा काठमाडौँबाट सूर्य करीब ८८ प्रतिशत ढाकिएको देखिने छ ।

नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने खगोलविद्हरुले बताएका छन् । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ । यसलाई नै सूर्य ग्रहण भनिन्छ ।

आजको सूर्यग्रहण कंगोबाट सुरु भई सुडान, इथियोपिया, यमन, ओमान, दक्षिण पाकिस्तान, उत्तरपश्चिम भारत, भारतको देहरादुन, कुरुक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा गएर अन्त्य हुनेछ।

सूर्यग्रहण खाली आँखाले हेर्न हुँदैन। सूर्य ग्रहण हेर्दा आँखाको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिना नष्ट हुन गई दृष्टिविहीन हुने सम्भावना हुन्छ ।

विशेष प्रकारले बनाइएको चस्मा वा वैज्ञानिकले सिफारिस गरेअनुसारको सुरक्षात्मक पद्दतिबाट मात्र ग्रहण हेर्न हुन्छ ।

सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्न मिल्ने छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता छ ।

वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरीकाले सबैले ग्रहण हेर्न सकिने पनि नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

प्रदेश १ बाट सन् १९६५ नोभेम्बर २३ तारिखका दिन बिहान बलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको थियो । अब बलय सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा प्रदेश नं १ कै दक्षिणपूर्वी भूभागबाट देखिने उनले सुनाए ।

सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ।

आइतबारको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने वरिष्ठ खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताए ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १० : १३ बजे

बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

बैतडी– जिल्लामा नसर्ने रोगका जोखिम उच्च भएपछि परीक्षणलाई तीव्र बनाउन

पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला

भोजपुरमा राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्र सञ्चालनको तयारी

भोजपुर– भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोर्ट्स कम्प्लेक्सलाई भलिबल तथा

कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र आज आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौं– नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल