नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ९ हजार५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ९ हजार ५६१ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१४२ पुगेको छ ।  ३२ महिला र ३८८ पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म २३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ४ : २३ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको