सोमबार थपिएका कोरोना संक्रमति कुन जिल्लाका कति ? | Khabarhub Khabarhub

सोमबार थपिएका कोरोना संक्रमति कुन जिल्लाका कति ?


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ७४ जना महिला र ४६१ जना पुरुष छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार दाङमा १३, मोरङमा १२, सप्तरीमा १५, झापामा ३, धनुषामा १०, महोत्तरीमा १, अछाममा २, अर्घाखाँचीमा ९, बैतडीमा १४, डढेल्धुरामा १५, डोटीमा ७, गुल्मीमा १५, जाजरकोटमा १ जना संक्रमित थपिएका छन् ।

यस्तै कैलालीमा ५८, नवलपरासीमा २९, सर्लाहीमा ४७, सिन्धुपाल्चोकमा २, सिराहामा २३, स्याङजामा ३२, पाल्पामा ९०, प्युठानमा ३०, रौतहटमा ३४, रुपन्देहीमा १२, चितवनमा ५, ओखलढुङगामा १, गुल्मीमा ४१, स्याङजामा १ र तनहुँमा ११ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ। तीमध्य ८ हजार ६६७ जना पुरुष र ८९४ जना महिला छन्।

यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप ३७० जना संक्रमित डिस्चार्ज भएका छन्। तीमध्य ३२ जना महिला र ३३८ जना पुरुष छन्।

योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार १४२ पुगेको छ। तीमध्ये १ हजार ९६१ जना पुरुष र १६१ जना महिला छन्।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ५ : ३४ बजे

राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स

भोजपुर गोल्डकप : एपीएफ फाइनल प्रवेश

टक्सार– भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल

ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पदमुक्त

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक

आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको प्रभाव 

काठमाडौं– हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ

कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ : बोर्ड

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा यही वैशाख