भारतसँगको सीमा विवाद कूटनीतिक वार्ताबाट सुल्झाउनपर्छ : नेता गौतम | Khabarhub Khabarhub

भारतसँगको सीमा विवाद कूटनीतिक वार्ताबाट सुल्झाउनपर्छ : नेता गौतम


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफूले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ नभनेको स्पष्ट पारेका छन् ।

उपाध्यक्ष गौतमले भारतसँगको सीमा विवाद कूटनीतिक वार्ताका माध्यमबाट सुल्झाउनपर्ने उल्लेख गर्दै सरकार र जनता सीमा विवादको समाधान कुटनीतिक विधिबाट गर्न दृढ रहेको बताएका छन् ।

चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ भन्नु अव्यवहारिक, असान्दर्भिक तथा उत्तेजक अभिव्यक्ति भएको र आफूले यस्तो भन्दैनभनेको उनले जिकिर गरेका छन् ।

केही सञ्चारमाध्यमले गौतमले भारतसँग लड्न चीनसँग सहयोग लिनुपर्ने भनेको भन्दै समाचार प्रकशित भएकोमा उनले त्यसको खण्डन गर्दै यस्तो बताएका हुन् ।

उनले राष्ट्र र राष्ट्रियताका मुद्दामा आफूलाई स्पष्ट रुममा प्रस्तुत गर्दै आएको, विगतमा भएको असमान महाकाली सन्धि, कालापानी, लिपुलेक, लिम्पियाधुरामा भूमि अतिक्रमित भएको सन्दर्भलगायत विषयमा सधैँ स्पष्टताका साथ लागिरहेको समेत बताए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : ०२ बजे

आजको सागसब्जी र फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स

भोजपुर गोल्डकप : एपीएफ फाइनल प्रवेश

टक्सार– भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल

ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पदमुक्त

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक

आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको प्रभाव 

काठमाडौं– हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ