कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु « Khabarhub

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट थप एक जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखाले जारी गरेको विज्ञप्तिमा दैलेख दुल्लु नगरपालिका- ३ का ४५ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको उल्लेख छ ।

ती पुरुषको हिजो राति साढे ९ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । ती पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा असार ३ गते कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपनि ती पुरुष प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा नै उपचारत थिए। यस्तै कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको हो ।

नयाँ थपिएका संक्रमितहरू दैलेखका १९ जना सुर्खेतका ५ जना र कालिकोटका एकजना छन् । उनीहरू १८ महिनाकी बालिकासहित ४ जना महिला र अन्य २१ जना पुरुषछन् ।

No photo description available.

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ३ : ५९ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ