कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु « Khabarhub

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट थप एक जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखाले जारी गरेको विज्ञप्तिमा दैलेख दुल्लु नगरपालिका- ३ का ४५ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको उल्लेख छ ।

ती पुरुषको हिजो राति साढे ९ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । ती पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा असार ३ गते कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपनि ती पुरुष प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा नै उपचारत थिए। यस्तै कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको हो ।

नयाँ थपिएका संक्रमितहरू दैलेखका १९ जना सुर्खेतका ५ जना र कालिकोटका एकजना छन् । उनीहरू १८ महिनाकी बालिकासहित ४ जना महिला र अन्य २१ जना पुरुषछन् ।

No photo description available.

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ३ : ५९ बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको