खोकी र श्वास प्रश्वाससँग सम्बन्धित बिरामीलाई काममा नलगाउनु : स्वास्थ्य मन्त्रालय « Khabarhub

खोकी र श्वास प्रश्वाससँग सम्बन्धित बिरामीलाई काममा नलगाउनु : स्वास्थ्य मन्त्रालय


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहिरबाट आउनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा बोल्दै बाहिर जिल्लाबाट काठमाडौं उपत्यकामा आउने व्यक्तिले १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन् ।

डा गौतमले उपत्यका बाहिरबाट आउनेलाई घरबेटीले कोरोना परीक्षणको रिपोर्ट माग्ने गरेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको पनि बताए ।

उनले उपत्यका बाहिरबाट भित्रिँनेवित्तिकै कोरोना परीक्षण गर्न नपर्ने तर १४ दिन होम क्वारेन्टाइनमा बस्दा कोरोनाको लक्षण देखिएमा भने स्वास्थ्यकर्मीको सल्लाहमा मात्र कोरोना परीक्षण गर्नुपर्ने बताए ।

‘काठमाडौं उपत्यकामा उपत्यका बाहिरबाट भित्रिने घरडेरा गरी बस्ने मानिसहरुलाई केही घरभेटीहरुले कोभिड १९ को पीसीआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएको बुझिएको छ, यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकषर्ण भएको छ,’ डा गौतमले भने, ‘बाहिरबाट उपत्यका भित्रिनेबित्तिकै कोरोना परीक्षण गर्न नपर्ने र १४ दिन सम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने, सो अवधिमा लक्षण देखापरेमा अस्पताल गइ चिकित्सकको सल्लाहमा मात्र परीक्षण हुनेछ ।’

उनले उपत्यका बाहिरबाट काठमाडौं आउनेलाई कोरोना परीक्षणको दवाब नदिन पनि अपिल गरेका छन् ।

उनले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि व्यापार व्यवसाय रोजगार दाता लगायत सबैले सचेत हुनुपर्ने बताएका छन् ।

उनले सबै किसिमका भेला तथा जमघटहरुमा कम्तिमा २ मिटरको दुरी अनिवार्य रुपमा प्रयो गर्ने, घर बाहिर निस्किँदा सर्जिकल मास्क वा तीन तह भएको कपडाको मास्क प्रयोग गर्नुपर्ने बताए ।

उनले सबै सार्वजकि स्थान र कार्यलयहरुमा हाल धुने वा स्यानिटाइजरको व्यवस्थापन गर्नुपर्ने, प्रत्येक दिन काम शुरु गर्नुअघि ज्वरो नाप्ने र १००. ४ डिग्री भन्दा बढी ज्वरो भएमा काममा नलगाउन समेत निर्देशन दिएका छन ।

यस्तै हाजिरीको व्यवस्था भएका कार्यलयहरुले फेस रिडिङ मेसिनको व्यवस्थापन गर्नुपर्ने पनि डा गौतमले बताए । यस्तै खोकी र श्वास प्रश्वाससँग सम्बन्धित बिरामीलाई काममा नलगाउन पनि डा गौतमको आग्रह छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ५ : १७ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान