नेकपा स्थायी कमिटी बैठक बस्दै, एमसीसी लगायतका विषयमा छलफल हुने « Khabarhub

नेकपा स्थायी कमिटी बैठक बस्दै, एमसीसी लगायतका विषयमा छलफल हुने


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दै छ ।

आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद तथा अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।

यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको थियो । पार्टी विधानमा कम्तीमा १ सातामा एकपटक सचिवालय बैठक बस्ने व्यवस्था भए पनि जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन ।

खासगरी एमसीसीको बारेमा दलभित्र सहमति जुट्न नसक्दा मिति तोकेर पनि बैठक स्थगित हुँदै आएको छ । एमसीसीबारे पार्टीभित्रै स्पष्ट दुई धार देखिएको छ ।

बैठकको एजेण्डाबारे कुनै जानकारी नआए पनि कोरोना महामारी, एमसीसी लगायत विषयमा छलफल हुने नेकपा स्थायी समितिका सदस्य वेदुराम भुसालले बताए ।

‘बैठकका एजेन्डाहरू नआए पनि स्थायी समितिले आफ्नो एजेन्डा तय गरेरै छलफल गर्छ । मूलतः बैठकमा यसअघि भएका कार्यको समीक्षा र भावी कार्यक्रमबारे छलफल हुने हो, त्यो हुन्छ,’ उनले भने ।

भुसालका अनुसार बैठकमा अहिले सबैभन्दा बढी चर्चामा रहेको र पार्टीभित्र समेत बहसको विषय बनेको एमसीसीबारे छलफल हुनेछ । सम्भवतः स्थायी समितिले यसलाई टुंगो लगाउनेछ ।

एमसीसीका विषयमा पार्टीले अध्ययन कार्यदल गठन गरेर प्रतिवेदन समेत दिइसकको छ । त्यसैको आधारमा छलफल गरी निष्कर्षमा पुगिने उनले दाबी गरे ।

सरकारले आगामी आवको नीति तथा कार्यक्रममा समेत समावेश गरेको एमसीसी परियोजनाबारे सत्तारूढ दल नेकपा अझै अनिर्णीत बनेको छ ।

एमसीसीका विषयमा विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेता भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको एमसीसी अध्ययन कार्यदल बनाइएको थियो । उक्त कार्यदलले यथास्थितिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकाल्दै पार्टीलाई प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : १८ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील