क्वारेन्टिनमा बसेका पुरुषले झुण्डिएर गरे आत्महत्या « Khabarhub

क्वारेन्टिनमा बसेका पुरुषले झुण्डिएर गरे आत्महत्या


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तनहुँमा क्वारेन्टिनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् । घिरिङ गाउँपालिका–३, सुन्धाराको चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका पुरुषले मंगलवार राति झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनी असार ६ गतेदेखि उक्त स्कूलको क्वारेन्टिनमा बस्दै आएका थिए । अन्दाजी ४९ वर्षीय पुरुषले आत्महत्या गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद रिमालले जानकारी दिए । ती पुरुषले आफू बस्दै आएको क्वारेन्टिनको कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेको उनले बताए ।

ती व्यक्ति भारतको पुनेबाट असार ३ गते आएर सरस्वती माविको क्वारेन्टिनमा बसेका थिए । असार ५ गते उनी त्यहाँबाट भागेका थिए । त्यसपछि गाउँ नजिकैको जंगलमा भेटाएर असार ६ गते फेरि चन्द्रज्योति माविको क्वारेन्टिनमा राखिएको थियो ।

घटना स्थलबाट मृतकको मुचुल्का तयार पार्ने कार्य भएको जनाइएको छ । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने पनि जनाइएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  २ : ०७ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ