बुधबार एकैदिन थपिए ६२९ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित) | Khabarhub Khabarhub

बुधबार एकैदिन थपिए ६२९ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार७२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १० हजार ७२८ पुगेको जानकारी दिएका हुन् । नयाँ थपिएका संक्रमितमध्ये महिला ११० र पुरुष ५१९  जना रहेका छन् ।

कुन जिल्लामा कति थपिए ?

डा गौतमका अनुसार बीपी कोरइलारा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १० जना पुरुष, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका एकजना पुरुष, प्रादेशिक जनस्वास्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका एक जना पुरुष र मोरङका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका एक महिला र ५ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३ महिला र १७ जना पुरुष, महोत्तरीका २ महिला र १० जना पुरुष रसर्लाहीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १० जना पुरुष, बैतडीका एक महिला र ३ जना पुरुष, बाजुराका ७ जना पुरुष, डोटीका १० जना महिला र ३८ जना पुरुष, कैलालीका ९ जना महिला र ४९ जना पुरुष, कंचनपुरका १६ महिला र ६९ जना पुरुष, पर्वतका एक महिला र एकजनापुरुष, रौतहटका ९ जना महिला र ३५ पुरुष र सर्लाहीका ५ महिला र १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा धादिङका २ जना पुरुष र काठमाडौंका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका एकजना पुरुष, तनहुँका एकजना पुरुष र नवलपरासी पुर्वका ३ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नवलपरासी पुर्वका २ जना पुरुष र पाल्पाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा भक्तपुरका एक महिला, वीर अस्पताल काठमाडौंको प्रयोगशालामा अछामका एक महिला र १२ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका २ जना पुरुष र कास्कीका ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका ९ जना पुरुष, गोरखाका एक जना पुरुष, कास्कीका ३ महिला र २ जना पुरुष, लमजुङका एक महिला र ४ जना पुरुष, पर्वतका एकमहिला र स्याङ्जाका २ महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ५ जना पुरुष, कपिलवस्तुका एकजना पुरुष, पाल्पाका एकजना पुरुष र रुपन्देहीका एकजना महिला संक्रमित भएका छन् । यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ९ जना पुरुष र वर्दियाका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ६ जना महिला र ७० जना पुरुष, प्युठानका १० जना पुरुषमा संक्रमण पुष्टि भएको छ । सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटका एकजना पुरुष सुर्खेतका ३ महिला र ११ जना पुरुष, दैलेखका ४ जना पुरुष र कालीकोटका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका २९ महिला र ७४ जना पुरुष, बाजुराका एकजना पुरुष र कञ्चनपुरमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११४ जना निको भए 

नेपालमा पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ ।  पछिल्लो पटक ८ महिला र १०६ जना गरी ११४ जना निको भएका हुन्।

मन्त्रालयका अनुसार  जलेश्वर अस्पताल महोत्तरीबाट १ महिला र १८ पुरुष, कोभिड अस्पताल सपही जनकपुरबाट २० पुरुष, सिन्धुली अस्पतालबाट ३ पुरुष, भरतपुर अस्पतालबाट ३ पुरुष, चितवनबाट ५ महिला १३ पुरुष, कपिलबस्तुबाट १ महिला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका ४ पुरुष, मोरङका १८ पुरुष र सुनसरीका १ महिला ४ पुरुष, तेह्रथुमका १ पुरुष, दमौली अस्पताल तनहुँबाट १ पुरुष डिस्चार्ज भएका छन्।

त्यसैगरी, धौलागिरी अस्पताल बागलुङ बाट ४ पुरुष, गोरखा अस्पतालबाट १ पुरुष, विपी कोइराला शुक्ला गण्डकी अस्पताल तनहुँबाट ६ पुरुष, कालिका अस्पताल स्याङजाबाट १० पुरुष संक्रमण मुक्त भएका छन्।

देशभरबाट हालसम्म २ हजार ३३८ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला १९७ र २ हजार १४१ जना पुरुष रहेका छन्।

हालसम्म २४ जनाको मृत्यु

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

मंगलबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेसँगै ज्यान गुमाउनेको संख्या २४ पुगेको हो।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दैैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुष, कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला र ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष गरी २३ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ४ : ५० बजे

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थप गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी

पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

काठमाडौं – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

शीतलहर प्रभावितलाई एकद्वार प्रणालीमार्फत कम्बल वितरण गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जाडोयाममा शीतलहरबाट प्रभावित हुने

चिसो बढेपछि विद्यालय बन्द

रौतहट – केही दिनदेखि हुस्सु र चिसो सिरेटोसँगै बढेको जाडोका

सोलुखुम्बुमा भूकम्पले एक सरकारीसहित आठ घरमा क्षति

सोलुखुम्बु – आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ