चीनद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन कांग्रेसद्वारा संकल्प प्रस्ताव दर्ता « Khabarhub

चीनद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन कांग्रेसद्वारा संकल्प प्रस्ताव दर्ता


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले चीनद्वारा अतिक्रमित भूमि  फिर्ता ल्याउन मागसहित संकल्प प्रस्ताव दर्ता गरेको छ ।

कांग्रेसका नेताहरु देबेन्द्र राज कँडेल, सत्यराम शर्मा खनाल र संजय कुमार गौतमले संसदमा बुधबार संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

नेपालको निशान छापमा अंकित नेपालको भौगोलिक, राजनीतिक नक्सा अनुसार नोपल र चीनबीच १४१४.८८ किलोमिटर सीमान रहेको र ९८ वटा सीमा स्तम्भहरुमध्ये केही हराएका र केही नेपालभत्रि सारिएको हुँदा फिर्ता ल्याउन उनीहरुले माग गरेका छन् ।

नेपालका विभिन्न जिल्लाहरु हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा र रसुवाका ६४ हेक्टर भन्दा बढी भूभाग अतिक्रमणमा परेको जनाइएको छ ।

त्यसैगरी गोरखाको सीमानामा पर्ने ३५, २७ र ३८ नम्बर सीमा स्तम्भ र सोलुखुम्बुमा पर्ने ६२ नम्बर सीमा स्तम्भ हराएको अवस्था हुँदा चीनको अतिक्रमणमा परेको नेपाली भूभाग कुटनीतिक पहलबाट फिर्ता ल्याउन उनीहरुले माग गरेका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : ५७ बजे

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक