स्याङ्जाका थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

स्याङ्जाका थप एक कोरोना संक्रमितको मृत्यु

आज बिहान ११ जना थपिए, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५३ पुग्यो


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराई रहेका स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति मृत्यु भएको छ ।

प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यका अनुसार उनी गत असार ८ गते अस्पतालमा भर्ना भएका थिए । सघन कक्षमा राखेर उनको उपचार भइरहेको थियो।

ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको समेत अस्पतालले जनाएको छ। कोभिड-१९ पोजेटिभ भई उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका यी पुरुष दोस्रो व्यक्ति हुन्।

यस अगाडि पनि स्याङ्जाकै कोरोना पोजेटिभ एक पुरुषका मृत्यु भएको थियो।

यसैबीच आज विहान मात्र  गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर बिनोद बिन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको हो ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौडामा गरिएको परिक्षणमा थप भएका नयाँ ११ जनामध्ये म्याग्दीका ६ जना छन् ।

त्यस्तै, स्याङजाका ३ र नवलपरासी वर्दघाट पूर्वका २ जना छन् । नवलपरासी बर्दघाट सुस्ता पूर्वका सबैजनालाई आईसोलेसनमा राखिसकिएको छ भने अन्य जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ८ : ०१ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध