कोरोना भाइरस: विश्वभर ९५ लाखभन्दा बढी संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस: विश्वभर ९५ लाखभन्दा बढी संक्रमित


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण विश्वभर ९५ लाखभन्दा बढी संक्रमित भएका छन् । बिहीवार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ लाख २६ हजार ३ सय ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर झण्डै २ लाख व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

कोरोना भाइरसका कारण हालसम्म ४ लाख ८४ हजार ९ सय ५६ जनाले ज्यान गुमाएका छन् भने ५१ लाख ७४ हजार ६ सय ८६ निको भएर घर फर्किएका छन् ।

यो समाचार तयार पार्दासम्म  ३८ लाख ६६ हजार १ सय ८६ जना कोरोना भाइरसका बिरामी छन् । तीमध्ये ५८ हजार ४ सय १८ जना सिकिस्त छन् ।

विश्वका २ सय १५ राष्ट्रमा कोरोना भाइरसको महामारी फैलिएको छ । पछिल्लो समय सयुंक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् ।

अमेरिकामा २४ लाख ६२ हजार ५ सय ५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १ लाख २४ हजार जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

अमेरिकापछि ब्राजिलमा संक्रमितको सङ्ख्या बढी छ । ब्राजिलमा ११ लाख ९२ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ । ज्यान गुमाउनेको संख्या ५३ हजार ८ सय ७४ पुगेको छ ।

यस्तै रसियामा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ लाख ६८ हजार निको भएर घर फर्किएका छन् भने ८ हजार ५ सयले ज्यान गुमाएका छन् ।

छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्यामा वृद्धि भएको छ । अमेरिका, ब्राजिल र रसियापछि सबैभन्दा बढी संक्रमित भेटिएको देशमा भारत पर्छ ।

भारतमा समाचार तयार पार्दासम्म ४ लाख ७२ हजार ९ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ भने १४ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसबाट युरोपेली देशमा २३ लाख ५६ हजार ९ सय १० जना कोरोना संक्रमित भएका छन् । यीमध्ये १३ लाख १ हजार निको भइसकेका छन् भने १ लाख ८९ हजार जनाले ज्यान गुमाएका छन् ।

उत्तर अमेरिकी मुलुकमा २८ लाख ६७ हजार ५ सय जना कोरोना भाइरस संक्रमित भएका छन् । तीमध्ये १ लाख ५९ हजार ८ सय जनाले ज्यान गुमाएका छन् भने १३ लाख संक्रमित निको भइसकेका छन् ।

एसियाली मुलुकमा सबैभन्दा प्रभावित देश भारत रहेको छ । त्यसपछि इरान, टर्की, पाकिस्तान र साउदी अरबमा बढी संक्रमित देखिएका छन् ।

एसियाली मुलुकमा २० लाख २६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दासम्म एसियाली मुलुकका ५० हजारले ज्यान गुमाइसकेका छन् भने १३ लाखभन्दा बढी निको भइसकेका छन् ।

अफ्रिकी मुलुकमा ३ लाख ३८ हजार जना कोरोना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार ८ हजार ८ सय जनाले ज्यान गुमाएका छन् भने १ लाख ६३ हजार निको भएर घर फर्किएका छन् ।

यस्तै नेपालमा बिहीवार बिहानसम्म १० हजार ७ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । यस्तै २ हजार ३ सय ३८ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ७ : ५९ बजे

कानुनी अनुसन्धानको प्रणाली सुधार्नुपर्छ : न्यायाधीश मल्ल

लुम्बिनी– सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले कानुनी अनुसन्धानको वर्तमान

‘राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक

भारत र पाकिस्तानको सिमानामा रहेका बासिन्दा फिर्ता

एजेन्सी– पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दाहरूले प्रतिद्वन्द्वी सेनाहरूबिचको द्वन्द्वको आतंकको कारण

एमाले संसदीय दलको बैठकमा सुशासन र विकासबारे प्रधानमन्त्री ओलीको ब्रिफिङ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको

भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपत्र वितरण

नेपालगञ्ज– कोहलपुर नगरपालिकामा आजदेखि जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रम सुरु भएको