गण्डकी अस्पतालमा आकष्मिकबाहेकका अन्य सेवा बन्द « Khabarhub

गण्डकी अस्पतालमा आकष्मिकबाहेकका अन्य सेवा बन्द


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकष्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ ।

अस्पतालमा उपचारत कोरोना सङ्क्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुबारीका पुरुषमा मधुमेह र निमोनियाको समेत समस्या थियो । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही असार ८ गते पोखरा ल्याएर भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । डा आचार्यका अनुसार आज शव व्यवस्थापन गरिएपछि शुक्रबारदेखि सबै सेवा नियमित सञ्चालन हुनेछ ।

गण्डकीमा यसअघि जेठ २५ गते स्याङ्जा, वालिङ –३ का ५८ वर्षीय पुरुषको क्षेत्रीय अस्पतालको आइसोलेशनमा मृत्यु भएको थियो । आज बिहान चार जिल्लाका ११ जनामा सङ्क्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा सङ्क्रमित ७५३ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उपचाररत सङ्क्रमितमध्ये गण्डकीमा ९१ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १ : ५१ बजे

स्कटल्यान्डले अमेरिकालाई दियो १७० रनको चुनौती

काठमाडौं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डले

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला निजी

इरान युद्धमा नष्ट भए ४२ अमेरिकी फाइटर जेट

वासिङ्टन- अमेरिकी संसद्को रिसर्च एजेन्सी कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) ले

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी इटहरी उपमहानगरपालिका-७ बस्ने ४१ वर्षीय

खानेपानी र विद्युत् महसुल छुटको माग गर्दै उपभोक्ता अधिकारकर्मीको प्रदर्शन

काठमाडौं– खानेपानीमा लगाइएको सबै प्रकारको कर छुटको माग गर्दै उपभोक्ता