नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुग्यो


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा विहीबार थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ११ हजार १६२ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३१२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ६५० पुगेको छ । जसमध्ये १९ जना महिला र  २९३ पुरुष रहेका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ४ : २५ बजे

सर्लाहीमा झरीका कारण धानबालीमा क्षति

बरहथवा– बेमौसमी वर्षाका कारण सर्लाहीमा भित्र्याउन ठिक्क पारेको धानमा क्षति

राष्ट्र संकटमा हुँदाहुँदै पनि समाजवादी क्रान्तिको नजिक छ : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल

घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

चितवन– घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ ।

मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

फिक्कल– बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

नयाँदिल्ली– आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक