राजु सदाको मृत्युबारे अध्ययन गर्न छानबिन समिति गठन « Khabarhub

राजु सदाको मृत्युबारे अध्ययन गर्न छानबिन समिति गठन


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- भारतबाट नेपाल आएर आइसोलेसनमा बसेका वेला मृत्यु भएका धनुषा हंसपुरका राजु सदाको मृत्युबारे अध्ययन गर्न प्रदेश २ सरकारले छानबिन समिति गठन गरेको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा  छानबिन समिति गठन गरिएको छ ।

समितिमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कानुन उपसचिव दिलिपकुमार प्रधान रहेका छन् ।

छानबिन समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

जेठ ३ गते भारतको अहमदावादबाट आएका राजुलाई गाउँकै क्वारेन्टिनमै राखिएको थियो । १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला गत सोमबार मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : ५३ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा