क्वारेन्टिनबाट थाल बटुकादेखि ओढ्ने ओछ्याउनेसम्म चोरी « Khabarhub

क्वारेन्टिनबाट थाल बटुकादेखि ओढ्ने ओछ्याउनेसम्म चोरी


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनमा चोरी भएको छ । क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए ।

असार ५ गतेदेखि खाली रहेको क्वारेन्टिनको ढोका फोडेरभित्र रहेका सम्पूर्ण सामग्री चोरी भएको थापाले जानकारी दिए । क्वारेन्टिनबाट कचौरा ३४ थान, थाल ३४ थान, गिलास ३७ थान, चम्चा ३९ थान, कुकुर पाँच लिटर एक थान, फराइबीन दुई थान कराइ एक थान, पुन्यूउ एक थान चोरी भएको छ ।

यस्तै क्वारेन्टिनमा बस्नेका लागि खरिद गरिएका र यसअघि बस्नेले प्रयोग गरेका गद्दा ३६ थान, तन्ना चार थान, सिरक २६ थान र पिफर्म तीन वटा चोरी भएको छ । चोरी गरेको थाह पाएलगत्तै प्रहरी प्रतिवेदन तयारी पारेर खोजी कार्य थालिएको नगरपालिकाले बताएको छ ।

पिसिआरको रिपोर्ट नआउँदै घर

जिल्लाको बूढीगङ्गा नगरपालिकाको क्वारेन्टिनमा बसेका १८ जना कोरोना सङ्क्रमितलाई घर पठाएको छ । सङ्क्रमितमा १४ दिनसम्म कुनै पनि लक्षण नदेखिएको भन्दै सङ्क्रमितलाई घर पठाइरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

बूढीगङ्गा नगरपालिका–१ धुरालसैन क्वारेन्टिनमा बसेका १७ जना र वडा नम्बर २ वसन्त प्राविको क्वारेन्टिनमा रहेकी एक सङ्क्रमितलाई नगरपालिकाले घर पठाएको हो । वसन्त प्राविमा रहेकाको आरडिटी पोजेटिभ आउँदा पिसिआरको लागि पठाएको तर रिपोर्ट नआउँदै ११ जनालाई समेत घर पठाइएको छ । १४ दिनसम्म लक्षण नदेखिए होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउन सरकारको निर्देशनअनुसार नै पठाइएको स्वास्थ्य कार्यालयको दाबी छ ।

“१४ दिनसम्म पनि पिसिआर जाँचको रिपोर्ट नआएपछि वसन्त बालमैत्री विद्यालयमा रहेका ११ जना आरडिटी पोजेटिभ व्यक्तिलाई पनि घर पठाइएको हो ।,” अनमी दीया सि‍हले बताइन् । सरकारको मापदण्डअनुसार घरको आइसोलेसनमा बस्ने गरी कागज बनाएर पठाएको उनले बताइन् ।

सञ्चो नहुँदै घर पठाइएका होम क्वारेन्टिनमा नबसी घुम्ने गरेको पाइएको छ । जसले गर्दा गाउँमा त्रासको वातावरण छ । स्थानीय प्रहरी प्रशासन, स्थानीय तह र स्वास्थ्य कार्यालयकै लापरवाहीले सङ्क्रमणले ठूलो रुप लिने चिन्ता स्थानीयमा छ । यसअघि बाजुराकै बडिमालिका नगरपालिकाका ३४ जना सङ्क्रमतिलाई पिसिआर जाँचको रिपोर्ट नआउँदै घर पठाइएको थियो ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : ०० बजे

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत