गुल्मीमा थप १२ जना कोरोना संक्रमित « Khabarhub

गुल्मीमा थप १२ जना कोरोना संक्रमित


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास – कोरोना भाइरस (कोभिड–१९) बाट गुल्मीमा थप १२ जना संक्रमित भएका छन् । योसँगै गुल्मीमा संक्रमितको संख्या २ सय ५७ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यका अनुसार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोट गाउँपालिकाका ५ जना, इस्मा गाउँपालिकाका ४ जना र रुरु क्षेत्र गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धुर्कोट गाउँपालिकाका ५ जनामा ४ पुरुष र १ महिला छन् । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिकाका २९, ३६, ३५, २३ वर्षीय पुरुष र एक १९ वर्षीय महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यस्तै इस्मा गाउँपालिकाका २० वर्षीय, ३४ वर्षीय, २६ वर्षीय पुरुष र २२ वर्षीया महिलामा कोरोना देखिएको हो ।

आचार्यका अनुसार रुरु क्षेत्र गाउँपालिकाका ५ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिकामा २८ र ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

गुल्मीमा कोरोना कारण ३ जनाको मृत्यु भइसकेको छ भने २० जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : ५२ बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल