कंगनाले शेयर गरिन् आलियादेखि साराका पुराना तस्वीर, भनिन् – यी हुन् फिल्म माफिया « Khabarhub

कंगनाले शेयर गरिन् आलियादेखि साराका पुराना तस्वीर, भनिन् – यी हुन् फिल्म माफिया


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा भुइँचालो आएको छ । नातावादका कारण सुशान्तले आत्महत्या गरेको भन्दै चर्को बहस भएको छ ।

नातावाद र परिवारवादको यो मुद्दा अब यत्तिकै रोकिने अवस्थामा नपुग्ने देखिएको छ । दर्शकले लगातार सलमान खान, शाहरुख खान, करण जोहरजस्ता सेलिब्रेटीको विरोध गरिरहेका छन् । बलिउड अभिनेत्री कंगना रनावतले पनि खुलेर विरोध जनाएकी छिन् ।

हालै कंगनाले केही नायिकाहरुका पुराना तस्वीर शेयर गर्दै ‘फिल्म माफिया’ को ट्याग दिएकी छिन् ।

सुशान्तको मृत्यपछि कंगनाले लगातार भिडियो शेयर गरिरहेकी छिन् । उनले भिडियोमार्फत आफ्ना कुरा पनि शेयर गरिरहेकी छिन् ।

कंगनाले ट्वीटरमा स्टारकिड्सका तस्वीर शेयर गरेर ट्वीटरमा हंगामा मच्चाइदिएकी छिन् । उनले बलिउडका स्टारकिड्सको तस्वीर शेयर गर्दै भनेकी छिन् कि, बाहिरी कलाकारलाई कति पश्चाताप हुन्छ ।

उक्त पोस्टमा कंगनाले सारा अली खान, आलिया भट्ट सोनम कपूर र सोनाक्षी सिन्हाका पुराना तस्वीर राखेकी छिन् । उनले भनेकी छिन् – कुनै संघर्ष गर्ने युवतीविना उनीहरु स्टार बनिरहेका छन् ।

तस्वीरका साथ क्याप्सनमा कंगनाले लेखेकी छिन् – केही व्यक्तिहरुले भन्छन् कि, यो बोडी शेमिङ होइन, यही कारण करण जोहरजस्ता फिल्म माफिया दर्शकका लागि एक रियालिटी चेक हुन्छ ।’

अहिलेसम्म कुनै स्टारकिड्सको पनि यसमा प्रतिक्रिया आएको छैन । कंगनाले भने आफ्ना फ्यानलाई थप हिम्मत दिएकी छिन् । उनको खुलेर तारिफ पनि भइरहेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै