शुक्रबार एकैदिन थपिए ५९३ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित) | Khabarhub Khabarhub

शुक्रबार एकैदिन थपिए ५९३ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ११ हजार ७५५ पुगेको जानकारी दिएका हुन् ।

१०७ महिला र ४८६ पुरुष गरी ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । हालसम्म रसुवा बाहेक ७६ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुन जिल्लामा कति थपिए ?

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका एकजना महिला र एकजना पुरुष, झापाका एकजना पुरुष रसुनसरीका ४ जना महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एकजना महिला र २ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २ महिला र १० जना पुरुष, महोत्तरीका ४ जना पुरुष, सिराहाका एक महिला र ५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका एकजना पुरुष, बैतडीका ५ महिला र २० पुरुष, बझाङका ३ महिला र ६ जना पुरुष, बाजुराका १० जना महिला र १७ जना पुरुष, बाराका २ जना पुरुष, दार्चुलाका ३ जना पुरुष, डोटीका १७ जना महिला र २९ जना पुरुष, गोरखाका ५ जना पुरुष, कैलालीका ८ जना महिला २२ जना पुरुष, कंचनपुरका ८ जना महिला र ३४ जना पुरुष, कपिलवस्तुका एकजना महिला र ८ जना पुरुष, रौतहटका २ जना महिला र ४४ जना पुरुष र सल्यानका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा गोरखाका एकजना पुरुष, नवलपरासी पुर्वका २ जना पुरुष, नुवाकोटका एकजना पुरुष र काठमाडौंका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ महिाल र १० जना पुरुष, कैलालीका एकजना पुरुष, नवलपरासी पुर्वका २ महिला र १९ पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा गुल्मीका ४ महिला र ८ जना पुरुष, कपिलवस्तुका २ जना महिला र ६ जना पुरुष, रौतहटका एकजना महिला र ४ जना पुरुष र सिन्धुलीका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका एक महिला र ४ जना पुरुष र सिन्धुलीका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका एनना महिला र एकजना पुरुष, लमजुङका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना पुरुष, तनहुँका २ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र एकजना पुरुष, गुल्मीका २ महिला र ११ जना पुरुष, कपिलवस्तुका एकजना महिला र ३ जना पुरुष, पाल्पाका एकजना महिला र ७५ पुरुष
नवलपरासीका एकजना पुरुष, रुपन्देहीका ४ महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका १४ जना महिला र ६१ जना पुरुष र प्युठानका २० जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ५ जना पुरुष,जाजरकोटका २ जना पुरुष, मुगुका एकजना पुरुष, सल्यानका ३ जना पुरुष,  सुर्खेतका ८ जना महिला र ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णालीस्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बैतडीका एकजना जुम्लाका एक महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

कोरोना संक्रमणबाट निको हुने २६९८ पुगे

नेपालमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना भाइरस संक्रमण  निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २६९८ पुगेको छ । शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमध्ये ८ जना महिला र पुरुष ४० रहेका छन् ।

कोरोनाले हालसम्म २७ को मृत्यु

नेपालमा शुक्रबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दाङमा अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना पुष्टि भएको छ । उनको राप्ति अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको घोषणा गरिएको थियो । उनको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष,  ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष गरी २६ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ४ : ४६ बजे

जलवायु अनुकूलन अबको जीवन पद्धति : मुख्यमन्त्री सिंह

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु अनुकूलनको विषय अब

सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई

डोटी– रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढ्दो छ । भारतसँगै

यो दशैँमा रोकिएला त राजमार्ग छेउका होटलको लुटतन्त्र ?

काठमाडौं – दशैंका बेला काठमाडौं उपत्यकाबाटमात्रै कम्तिमा २५ लाख यात्रु

अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा हुने

काठमाडौं– किशोर किशोरीको मानसिक स्वास्थ्यका विषयमा काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन आयोजना

पोपद्वारा सुकीलाई शरण दिने प्रस्ताव

एजेन्सी– पोप फ्रान्सिसले हिरासतमा रहेकी म्यान्माकी पूर्वनेता आङ सान सुकीलाई