नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १२ हजार ७७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ७७२ पुगेको जानकारी दिएका हुन् ।

आइतबार थपिएका संक्रमितमध्ये ३५८ पुरुष र १०५ जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ संक्रमितहरुमा मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ५ जना इलामका एक जना, सुनसरीका एक जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना डडेल्धुराका एक जना, अर्घाखाँचीका ५ जना, दोलखाका २ जना गुल्मीका ३८ जना, खोटाङका ४ जना, गोर्खाका एक जना, रौतहटका १७ जना, सर्लाहीका एक जना संक्रमित भएका छन् ।

त्यस्तै सिन्धुपाल्चोकका एक जना, कपिलवस्तुका १० जना, धादिङका एक जना, ललितपुरका एक जना, बाजुराका ६३ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी पर्बतका २ जना, सल्यानका एक, तनहुँका ६ जना, म्याग्दीका एक जना, पाल्पाका २ जना, प्युठानका ३५ जना, रुपन्देहीका १२ जना, डोटीका १३ जनाम बाजुराका ३२ जना र दाङका ३४ जना रहेको जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । जसमा एक हाजर ४७४ महिला र ११ हजार २९८ पुरुष रहेका छन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १७९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३०१३ पुगेको छ ।

२४ घण्टामा डिस्चार्ज भएकामध्ये महिला १३ र पुरुष १६६ रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनाले २८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ४ : २४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले