विदेशमा अलपत्र १ हजार नेपाली आज फर्किए, कुन देशबाट कति ? | Khabarhub Khabarhub

विदेशमा अलपत्र १ हजार नेपाली आज फर्किए, कुन देशबाट कति ?


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अलपत्र परेका १ हजार बढी नेपालीको आज उद्धार गरिएको छ ।

आज विभिन्न देशबाट एक हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरुसँगै  विदेशमा ज्यान गुमाएका १६ नेपालीको शव पनि ल्याइएको छ ।

मलेसियाको क्वालालाम्पुरबाट आजै सबैभन्दा धेरै नेपाली आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मलेसियाको क्लालाम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजबाट १४ शवसहित २४५ जना र अर्को हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४८ नेपालीसहित एक शव स्वदेश ल्याइएको छ ।

यस्तै यूएईको सारजहाबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १६८ जना स्वदेश फर्किएका छन् भने बहराइनबाट नेपाल एअरलाइन्सका दुई चार्टर्ड उडानमार्फत २७३ जना नेपाली स्वदेश आइपुगेका छन् ।

बहराइनबाट एक नेपालीको शव ल्याइएको छ ।

कुवेतमा आममाफीमा सहभागी १६० जना नेपाली पनि आज स्वदेश फर्किएका छन् । उनीहरुलाई कुवेत सरकारले नै जजिर एअरको चार्टर्ड जहाजमार्फत नेपाल फर्काएको हो ।

यस्तै आज नेपाली लिन नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज विभिन्न देशमा गएका छन् । नेपाल एअरलाइन्सका जहाज हङ्कङ, अस्ट्रेलियाको मेलवर्न, यूएईको दुबई र साउदीको रियाद जाँदैछन् ।

हिमालय एअरलाइन्सको चार्टर्ड जहाज भने यूएईको आबुधाबी र साउदीको दमाम जाँदैछ । आज गएको जहाजले भोलि नेपाली लिएर फर्कने छ ।

नेपाली ल्याउन, लिन जान र कार्गो जहाजसहित आज त्रिभुवन विमानस्थलमा १६ वटा अन्तर्राष्ट्रिय उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : २१ बजे

राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को पूर्व बजेटकालीन

शेयर बजारमा उछाल, एकैदिन ६२ अंकले बढ्यो नेप्से

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । आज एकैदिन

४० लाख नगदसहित २ हुन्डी कारोबारी पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित भारतीय र नेपाली नागरिकलाई

नीति, कार्यक्रममा समावेश विषय यथास्थितिको निरन्तरता : सांसद श्रेष्ठ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सरकारको नीति

प्रधानमन्त्री ओलीले भने- नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो भएन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा