सुदूरपश्चिममा थप २२१ जना कोरोना सङ्क्रमित « Khabarhub

सुदूरपश्चिममा थप २२१ जना कोरोना सङ्क्रमित


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको जाँचमा ३५जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

कैलालीमा ३७, कञ्चनपुरमा ४४, डोटीमा ७१, डडेलधुरामा एक, दार्चुलामा तीन, बझाङमा नौ, बजुरामा २७, बैतडीमा २५ र अछाममा दुई जना थप सङ्क्रमित फेला परेको पुष्टि भएको हो । प्रदेशमा शुक्रबारसम्म सबैभन्दा बढी कैलाली जिल्लामा ५५३ जना सङ्क्रमित पुगेका छन् ।

कञ्चनपुरमा ३०४, अछाम १०८, बैतडी २०२ बझाङ ६५, बाजुरा १२८ डडेलधुरा २१९, दार्चुला १६ र डोटी जिल्लामा २६२ जना सङ्क्रमित पुगेका छन् । प्रदेशमा पिसिआर र आरडिटी पद्धतिबाट बिहीबारसम्म कूल एक लाख १९ हजार ७६१ जनाको जाँच गरिएकोमा प्रभावकारी मानिएको पिसिआर पद्धतिबाट मात्रै १५ हजार ३१९ जनाको जाँच गरिएको छ ।

प्रदेशको एकमात्र प्रयोगशाला सेती प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री, जनशक्तिको अभाव र कम क्षमता भएको मेशिनका कारण धेरै शङ्कास्पद व्यक्तिको स्वाबको नमूना जाँच गर्न नसकी थन्किएका छन् । पछिल्लो पटक प्रदेशमा सङ्कलन भएको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पठाउने गरिएको छ ।

सङ्क्रमितमध्ये बिहीबार मात्र विभिन्न जिल्लाका गरी ६८ जना घर फर्किनुभएका छन् । सङ्क्रमितको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेसन उपचार भइरहेको छ । अस्पतालको आइसोलेसनमा रहेका १२३ जना रहेकोमा धेरै सङ्क्रमित स्थानीय तहको आइसोलेसनमा छन् ।

यसबाहेक कोरोनाका शङ्कास्पद थप १८ जनालाई अस्पतालको आइसोलेसनमा राखिएको छ । प्रदेशमा हालसम्म ५२८ जना सामान्य उपचार पछि घर फर्किएको जनाइएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : ४६ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग