सुदूरपश्चिममा थप २२१ जना कोरोना सङ्क्रमित | Khabarhub Khabarhub

सुदूरपश्चिममा थप २२१ जना कोरोना सङ्क्रमित


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको जाँचमा ३५जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

कैलालीमा ३७, कञ्चनपुरमा ४४, डोटीमा ७१, डडेलधुरामा एक, दार्चुलामा तीन, बझाङमा नौ, बजुरामा २७, बैतडीमा २५ र अछाममा दुई जना थप सङ्क्रमित फेला परेको पुष्टि भएको हो । प्रदेशमा शुक्रबारसम्म सबैभन्दा बढी कैलाली जिल्लामा ५५३ जना सङ्क्रमित पुगेका छन् ।

कञ्चनपुरमा ३०४, अछाम १०८, बैतडी २०२ बझाङ ६५, बाजुरा १२८ डडेलधुरा २१९, दार्चुला १६ र डोटी जिल्लामा २६२ जना सङ्क्रमित पुगेका छन् । प्रदेशमा पिसिआर र आरडिटी पद्धतिबाट बिहीबारसम्म कूल एक लाख १९ हजार ७६१ जनाको जाँच गरिएकोमा प्रभावकारी मानिएको पिसिआर पद्धतिबाट मात्रै १५ हजार ३१९ जनाको जाँच गरिएको छ ।

प्रदेशको एकमात्र प्रयोगशाला सेती प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री, जनशक्तिको अभाव र कम क्षमता भएको मेशिनका कारण धेरै शङ्कास्पद व्यक्तिको स्वाबको नमूना जाँच गर्न नसकी थन्किएका छन् । पछिल्लो पटक प्रदेशमा सङ्कलन भएको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पठाउने गरिएको छ ।

सङ्क्रमितमध्ये बिहीबार मात्र विभिन्न जिल्लाका गरी ६८ जना घर फर्किनुभएका छन् । सङ्क्रमितको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेसन उपचार भइरहेको छ । अस्पतालको आइसोलेसनमा रहेका १२३ जना रहेकोमा धेरै सङ्क्रमित स्थानीय तहको आइसोलेसनमा छन् ।

यसबाहेक कोरोनाका शङ्कास्पद थप १८ जनालाई अस्पतालको आइसोलेसनमा राखिएको छ । प्रदेशमा हालसम्म ५२८ जना सामान्य उपचार पछि घर फर्किएको जनाइएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : ४६ बजे

पार्टीलाई जानकारी नै नदिई मन्त्री बनेकी राप्रपाकी सांसदलाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी

‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने

काठमाडौं – काठमाडौंको ‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने

इञ्जिन ल्याएर तत्काल विमान सञ्चालन गर्न निगमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२०

मधेसमा धान उत्पादनमा कमी आउने

पर्सा – धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र

एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर