डब्लुएचओ भन्छ – दशौं लाखको मृत्यु हुने गरी कोरोनाको दोस्रो लहर आउन सक्छ « Khabarhub

डब्लुएचओ भन्छ – दशौं लाखको मृत्यु हुने गरी कोरोनाको दोस्रो लहर आउन सक्छ


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर खतरनाक हुने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रक्षेपण गरेको छ । डब्लुएचओले दोस्रो लहरमा लाखौंको ज्यान जानसक्ने औंल्याएको हो ।

डब्लुएचओका सहायक महानिर्देशक डा. रानिरी गुयराले कोभिड–१९ ले स्पेनिस फ्लूले जस्तै ज्यान लिन सक्ने बताएका छन् । उनले स्पेनिस फ्लूको दोस्रो लहरले संसारमा ५ करोड मानिसको ज्यान गएको समेत स्मरण गराएका छन् ।

सन् १९१८ को स्पेनिस फ्लु गर्मी मौसममा मथ्थर जस्तै भएपनि सेप्टेम्बर र अक्टोबरमा डरलाग्दो तरिकाले फैलिएको थियो । युरोपका देशहरुले लकडाउन खुकुलो गर्दै यात्रा अनुमति ;समेत दिएपछि गुयराले यस्तो भनाइ व्यक्त गरेका हुन् ।

अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । विश्वभर कोरोना संक्रमित झण्डै १ करोड नजिक पुगेका छन् ।

सन् १९१८ देखि १९२० सम्म फैलिएको स्पेनिस फ्लुबाट ५ करोडभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । पहिलो लहरमा केही लाख मानिसको ज्यान गएकोमा दोस्रो लहरमा करोडौंले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : ३६ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध