डब्लुएचओ भन्छ – दशौं लाखको मृत्यु हुने गरी कोरोनाको दोस्रो लहर आउन सक्छ | Khabarhub Khabarhub

डब्लुएचओ भन्छ – दशौं लाखको मृत्यु हुने गरी कोरोनाको दोस्रो लहर आउन सक्छ


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर खतरनाक हुने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रक्षेपण गरेको छ । डब्लुएचओले दोस्रो लहरमा लाखौंको ज्यान जानसक्ने औंल्याएको हो ।

डब्लुएचओका सहायक महानिर्देशक डा. रानिरी गुयराले कोभिड–१९ ले स्पेनिस फ्लूले जस्तै ज्यान लिन सक्ने बताएका छन् । उनले स्पेनिस फ्लूको दोस्रो लहरले संसारमा ५ करोड मानिसको ज्यान गएको समेत स्मरण गराएका छन् ।

सन् १९१८ को स्पेनिस फ्लु गर्मी मौसममा मथ्थर जस्तै भएपनि सेप्टेम्बर र अक्टोबरमा डरलाग्दो तरिकाले फैलिएको थियो । युरोपका देशहरुले लकडाउन खुकुलो गर्दै यात्रा अनुमति ;समेत दिएपछि गुयराले यस्तो भनाइ व्यक्त गरेका हुन् ।

अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । विश्वभर कोरोना संक्रमित झण्डै १ करोड नजिक पुगेका छन् ।

सन् १९१८ देखि १९२० सम्म फैलिएको स्पेनिस फ्लुबाट ५ करोडभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । पहिलो लहरमा केही लाख मानिसको ज्यान गएकोमा दोस्रो लहरमा करोडौंले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : ३६ बजे

राप्रपाले मधेशकी सांसद कञ्चन विच्छा साहलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले मधेश

राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

काठमाडौं– पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको

एमसिए-नेपालको परियोजना आसपास संरचना निर्माण गर्न र रुख रोप्न निषेध

काठमाडौं– सरकारले एमसिए–नेपालले निर्माण गर्ने ४०० केभि विद्युत् प्रसारण लाइनका