काठमाडौं उपत्यकामा आज पनि थपिए ५ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा आज पनि थपिए ५ कोरोना संक्रमित


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप पाँच जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

संक्रमितमध्ये ४ काठमाडौँका र १ भक्तपुरका रहेको छन्। काठमाडौँमा एक महिला र तीन पुरुष र भक्तपुरमा एक पुरुषमा कोरोना संक्रमण भेटिएको हो।

उनले पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ। पछिल्ले २४ घण्टामा थप १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

निको हुनेमा १८ महिला र ११८ पुरुष रहेका छन् । योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ५ : ०९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी