२४ घण्टामा १३६ ले जिते कोरोना संक्रमण, हालसम्म निको हुने २८३४ पुगे | Khabarhub Khabarhub

२४ घण्टामा १३६ ले जिते कोरोना संक्रमण, हालसम्म निको हुने २८३४ पुगे


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ३६ जना कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमध्ये महिला १८ र ११८ जना पुरुष छन्।

गोठगाँउ आइसोलेसन सेन्टरबाट भोजपुरका १ पुरुष, इलामका २ पुरुष, झापाका २९ पुरुष, मोरङका ११, पाँचथरका १ पुरुष, सुनसरी २० पुरुष, ताप्लेजुङ्ग १ पुरुष उदयपुरका ४ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोरखाका १ पुरुष, कास्की ४ महिला र १० पुरुष, पर्वतका १ पुरुष, स्याङजाका १ महिला, जलेश्वर अस्पताल महोत्तरीबाट ७ महिला संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

त्यसैगरी, कोरोना विशेष अस्पताल दाङ १ पुरुष, मेहलकुना अस्पताल सुर्खेतबाट ७महिला र ६ पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट बर्दियाबाट ४ महिला र २ पुरुष र बाँकेका २ महिला र २१ पुरुष डिस्चार्ज भएका हुन्।

देशभरबाट हालसम्म २ हजार ८३४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २४२ र २ हजार २५९२ जना पुरुष रहेका छन्।

नेपाल पछिल्लो २४ घण्टामा ५५४ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ। जसमध्ये २८ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ५ : ४० बजे

नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने 

काठमाडौं– नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आगामी माघ

पाँचथरमा छोराबाट बाबुको हत्या

पाँचथर– पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको

राष्ट्रपतिको अनुपस्थितिमा कार्यभार उपराष्ट्रपति यादवलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो

नर्सहरूका माग सम्बोधन गर्न नर्सिङ संघको ४८ घण्टे अल्टिमेटम 

काठमाडौं– नेपाल नर्सिङ संघले पारिश्रमिकलगायतका नर्सहरूका मागहरू ४८ घण्टाभित्र पूरा