विभिन्न देशबाट आज १३ सय नेपालीको उद्धार, कुन देशबाट कति फर्किए ? « Khabarhub

विभिन्न देशबाट आज १३ सय नेपालीको उद्धार, कुन देशबाट कति फर्किए ?


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका १३ सय १० नेपालीलाई शनिबार उद्धार गरिएको छ ।

कतारको दोहाबाट कतार एअरवेजको चार्टर्ड उडानमार्फत पाँच बच्चासहित ३८४ जना, हङ्कङबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ बच्चासहित ८१ जना, यूएईको दुबईबाट १४६ जना नेपाल फर्किएका छन् ।

यसैगरी साउदीको दमामबाट हिमालय एअरमार्फत १५४ जना, साउदीकै रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना र कुवेतको जजिरामार्फत ८१ जना नेपाली स्वदेश आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

साउदीको रियादबाट १५ नेपालीको शव पनि ल्याइएको छ ।

यस्तै अस्ट्रेलिया मेलवर्नबाट दुई बच्चासहित २१० जना स्वदेश फर्किएका त्रिभुवन विमानस्थलले जनाएको छ ।

आइतबार पनि विभिन्न देशमा नेपाली लिन जाने उडान तालिका रहेको छ ।

भोलि नेपाल एअरलाइन्सको जहाज नेपाली लिन कतारको दोहा र मलेसियाको क्लालाम्पुर जानेछ भने हिमालय एअरलाइन्सको जहाज पनि मलेसियाको क्वालालाम्पुर जानेछ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : ०० बजे

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको