ला लिगामा बार्सिलोना र सेल्टा भिगोको खेल बराबरी | Khabarhub Khabarhub

ला लिगामा बार्सिलोना र सेल्टा भिगोको खेल बराबरी


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र सेल्टा भिगोको खेल बराबरीमा टंगिएको छ ।

दुई पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बार्सिलोनाले  सेल्टालाई उसैको घरेलु मैदानमा हराउँने मौका गुमायो र अन्ततः  २-२ को बराबरीमा रोकिन बाध्य भयो ।

खेलको २० औं मिनेटमा बार्सिलोनाले स्वारेजको गोलमा सुरुवाती अग्रता लिएको थियो ।

कप्तान मेस्सीले झन्डै २२ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा स्वारेजले ६ यार्ड बक्स अगाडीबाट हेडरमार्फत गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवाती समयमा नै घरेलु टोलीले स्कोर बराबर गर्‍यो । ५० औं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै सेल्टालाई खेलमा फर्काएका थिए । ओके योकुस्लुले जेरार्ड पिकेको चुनौती पार गर्दै दिएको पासमा अनमार्क रहेका स्मोलोभले सहजै गोल गरेका थिए ।

६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुन: अग्रता दिलाए । मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई स्वारेजले डिफेन्सको दबाब चिर्दै उत्कृष्ट टर्नमा गरेको प्रहार गोलमा परिणत भएको थियो ।

नियमित समयको तीन मिनेट बाँकी रहँदा सेल्टाले पुन: खेल बराबरीमा ल्यायो । सेल्टाका कप्तान इयागो आस्पासले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाको ३२ खेलमा ६९ अंक रहेको छ । दोस्रो स्थानको रियल म्याड्रिडको ३१ खेलमा ६८ अंक छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : ३६ बजे

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज

१०औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौं – १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने

सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ

सिरहा – यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो