कोरोनाको भ्याक्सिन तयार हुन अझै १८ महिना लाग्न सक्छ : डब्ल्युएचओ | Khabarhub Khabarhub

कोरोनाको भ्याक्सिन तयार हुन अझै १८ महिना लाग्न सक्छ : डब्ल्युएचओ


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको भ्याक्सिन तयार हुन अझै १२ देखि १८ महिनासम्म लाग्ने बताएको छ ।

कोरोनाको भ्याक्सिन तयार पार्न कैयन् देश लागिरहेका बेला डब्ल्युएचओको यस्तो भनाइ आएको हो ।

विश्वमा फैलिएका यस्ता महामारीको भ्याक्सिन तयार हुन समय लाग्ने र सबैभन्दा कम समय इबोला भ्याक्सिन बनाउन लागेको भन्दै डब्लुएचओले जनाएको छ । साथै डब्ल्युएचओले भ्याक्सिन बन्न समय लाग्ने भन्दै कोरोना महामारीबाट सचेत हुन भनेको छ । डब्लुएचओका अनुसार सामान्य भ्याक्सिन बनाउन ८ देखि १० वर्षसम्म लाग्न सक्छ ।

एक अध्ययनका अनुसार विश्वमा केहीले कोरोनाबाट बच्न आफ्नो रोगप्रतिरोधात्मक क्षमता विकास गरेका छन् । विश्वका कैयन् देशमा कोरोना संक्रमण लाखौंको संख्यामा फैलिएको छ ।

यस्तो अवस्थामा महामारीका रुपमा फैलिएको कोरोना रोक्न भ्याक्सिन नै एक विकल्प भएको पनि डब्ल्युएचओले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ७ : ४१ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी