कांग्रेस पदाधिकारी बैठक बस्दै, १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठक बस्दै, १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।

कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले उक्त विषयमा छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

यसअघि ७७ फागूनमा महाधिवेशन गर्ने गरि तय भएको कार्यतालिका परिवर्तन नगर्ने र अन्य कामलाई कसरी तीव्र बनाउन सकिएला भनेर विकल्पहरूबारे छलफल हुने पौडेलले जानकारी दिए ।

यस्तै बैठकमा वर्तमान सरकारले ल्याएका विधेयकहरूका विषयमा पनि साझा धारणा तय गरेर अघि बढ्नेबारे पनि छलफल उनले जानकारी दिए ।

‘बर्तमान सरकारले श्रृंखलावद्धरूपमा ल्याएका संविधानविरोधी विधेयकले कांग्रेसलाई सडक आन्दोलनमा धकेल्न खोजेको देखियो, यसबारे पनि पदाधिकारी बैठकमा छलफल हुनेछ,’ पौडेलले भने ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ८ : ०१ बजे

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज

पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भारत र पाकिस्तानको तनाव रोक्न ट्रम्प तयार

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको