४४ जिल्लामा बाढी पहिरोको खतरा, सतर्क रहन आह्वान « Khabarhub

४४ जिल्लामा बाढी पहिरोको खतरा, सतर्क रहन आह्वान


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मुलुकका विभिन्न भू-भागमा भइरहेको भारी वर्षाका कारण विभिन्न ४४ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।

मनसुन सक्रिय भएसँगै भइरहेको भीषण वर्षाले तराईका कतिपय भू-भागमा डुबान सुरू भएको छ । सडकबाटै पानी बग्न थालेपछि यातायात प्रभावित भएका छन् ।

स-सना खोलाखोल्सीमा पनि बाढी आएपछि तटीय क्षेत्रका बस्ती डुबानको खतरामा परेका छन् । वर्षा नरोकिएपछि समथर भू-भागका बस्तीमा डुबानको खतराले सर्वसाधारण चिन्तित भएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मुलुकका विभिन्न भू-भागमा ९० मिलिलिटरसम्म वर्षा भएको छ ।

महाशाखाका अनुसार दिपायलमा ११.१, धनगढीमा ८९.९, वीरेन्द्रनगरमा १.१, नेपालगञ्जमा ५.१, घोराहीमा २५.१, पोखरामा ७५.१, भैरहवामा ३१.३, सिमरामा ६.२, काठमाडौंमा ९.२, ओखलढुंगामा १.२, ताप्लेजुङमा ६.७, धनकुटामा ३.९, विराटनगरमा ४९.९, जोमसोममा १.५, धरानमा ९०.४ र जिरीमा १४.५ मिलिलिटर वर्षा भएको छ ।

निरन्तरको वर्षा नरोकिएपछि बाढी पूर्वानुमान महाशाखाले विभिन्न ४४ जिल्ला तथा आसपासको क्षेत्रमा बाढी तथा डुबानको पूर्वानुमान गरेको छ ।

महाशाखाले बिहान ७ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, उदयपुर, प्रदेश २ का सबै ८ जिल्ला, सिन्धुली, मकवानपुर, काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, धादिङ, चितवन तनहुँ, कास्की र लमजुङमा बाढीको सम्भावना छ ।

यस्तै नवलपरासी, रूपन्देही, गुल्मी, कपिलवस्तु, दाङ, रोल्पा, प्यूठान, रूकुम, दैलेख, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, डोटी र आसपास जिल्ला बहने केही स-साना खोलाहरुमा बहाव बढ्ने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ८ : ५१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी