भारतमा कोरोना संक्रमितको मृत्युदर ३ प्रतिशत, निको हुने दर ५८ प्रतिशत « Khabarhub

भारतमा कोरोना संक्रमितको मृत्युदर ३ प्रतिशत, निको हुने दर ५८ प्रतिशत


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले भारतका कोभिड १९ का सङ्क्रमितहरुमा निको हुने प्रतिशत ५८ रहेको जानकारी दिएका छन् ।

उनले भनेका छन्– यहाँका कोभिड १९ का सङ्क्रमितहरुमध्ये ५८ प्रतिशतलाई निको भएको छ ।

उनका अनुसार शनिबारसम्ममा भारतका करिब तीन लाख सङ्क्रमित निको भएका छन् । अरु पनि धेरै जना यसबाट निको भएका र घरजाने अन्तिम तयारीमा रहेका जानकारी पनि उनले दिए।

भारतका विभिन्न आठ राज्यका ती नागरिक निको भएर घर फर्किएका छन् । उनले भारतमा सङ्क्रमितहरुको मृत्यु दर तीन प्रतिशत मात्र रहेको बताएका छन् ।

उनले यहाँ मृत्यु दर जम्मा तीन प्रतिशत छ र यो निकै नै कम हो उनले भनेका थिए । यहाँ पहिलेको तुलनामा दोब्बर हुने दर पनि बढेको उनले बताए । उनले १९ दिनमा यहाँका सङ्क्रमितको संख्या दोब्बर हुने गरेको जानकारी दिएको समाचारमा जनाइएको छ ।

कोरोना सङ्क्रमणको परीक्षण गर्ने संख्या पनि बढेको जानकारी उनले दिए। यहाँका १ हजार २० प्रयोगशालामा शुक्रबार मात्र २ लाख ३० हजार जनाको परीक्षण गरिएको उनले जानकारी दिए।

उनले धरै भन्दा धेरै जनाको कोरोना परीक्षणको व्यवस्था सरकारले मिलाएको जानकारी पनि गराए ।

स्वास्थ्य मन्त्री हर्षवर्धनले शनिबार कोरोना भाइरसको उपचारका लागि समन्वय गर्नुपर्ने भन्दै भारतका केन्द्रीय सरकार मन्त्रीहरुसँग भर्चुअल बैठक गरेका थिए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ९ : ३४ बजे

संसद् छल्दै शक्तिशाली सरकार, अध्यादेश मोहले हुन थाल्यो बालेनको आलोचना

काठमाडौं- बोलाइसकेको संसद् बैठक पनि राख्दै नराखी रातारात स्थगित गरेको

सुरु भयो निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन 

काठमाडौं– सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ

निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरे राष्ट्रिय पुँजीको विकास असम्भव : मुख्यमन्त्री कार्की

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन

सेनाको पत्रप्रति जनप्रतिनिधिको गम्भीर आपत्ति, एकस्वरमा भने : विधि र प्रक्रिया मानेको देखिएन

बर्दिया- वन क्षेत्र खाली गराउने सरकारी सूचना र सुकुम्बासी विवरण

अध्यादेशबारे रविले भने- विगतका गलत नियुक्ति सच्याउन ल्याएका हौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनअपेक्षा