पहिरो खसेपछि पाल्पाका सडक अवरुद्ध « Khabarhub

पहिरो खसेपछि पाल्पाका सडक अवरुद्ध


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – अविरल वर्षाका कारण खसेको पहिरोले पाल्पाका विभिन्न सडक अवरूद्ध भएका छन् ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजिकै पहिरो खस्दा आज विहानैदेखि सडक अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजीकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन नसकिएको जनाइएको छ । यसैबीच तानसेन –रामपुर सडकखण्डको चापगैरामा पनि सडक अवरुद्ध भएको छ । पूर्वखोला गाउँपालिका– १ चापगैरामा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

वर्षा भइरहेको र ढुङ्गा झरिरहेकाले पहिरो हटाउन नसकिएको प्रनाउ गिरीले बताए । पहिराबारे यात्रु तथा चालकलाई जानकारी नहुँदा उनीहरु बीच बाटामा नै अलपत्र परेका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ११ : १० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले