आर्सनल एएफए कपको अन्तिम चारमा प्रवेश « Khabarhub

आर्सनल एएफए कपको अन्तिम चारमा प्रवेश


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एफए कप फुटबल प्रतियोगितामा आर्सनलले सेफिल्ड युनाइटेडविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ । आइतबार राति भएको क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्सनलले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

सेफिल्डको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन निकोलस पेपे र ड्यानियल सेबालसले समान एक–एक गोल गरे ।

खेलको २५ औं मिनेटमा सेफिल्डका खेलाडीले फाउल गर्दा आर्सनले पाएको पेनाल्टीमा पेपेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ८७ औं मिनेटमा डाभिड म्याकगोल्ड्रिकले गोल गर्दै सेफिल्डलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

निर्धारित समयसम्म खेल १–१ गोल बराबरी भएको थियो । तर, इन्जुरी समयमा ड्यानियलले गोल गर्दै आर्सनललाई २–१ गोलको जित दिलाएका हुन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ३४ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा