युट्युव च्यानलमा चर्चा कमाउने बलिउड स्टार को को ? « Khabarhub

युट्युव च्यानलमा चर्चा कमाउने बलिउड स्टार को को ?


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हालैमा बलिउड अभिनेता विद्युत जमवालले युट्युबमा एक च्यानलको शुरुवात गरेका छन् ।

उनले आफ्नो युट्युब च्यानलमा पानी माथि दौडदै गरेको भिडियोलाई पहिलो भिडियोका रुपमा हालेका छन् । यसलागी विद्युतले लामो समय पानीमा दौडने अभ्यास गरेका थिए ।

यसबाट प्रष्ट हुन्छ, बलिउड स्टार केवल फिल्ममा मात्र नभई आफ्ना युट्युब च्यानलमा कति संवेदशनशिल छन् । यस्तैमा फिल्मबाहिर युट्युब च्यानलमा सफलता पाइरहेका बलिउडकर्मीको चर्चा गरौं।

१. आलिया भट्ट
आलिया भट्ट आफ्ना फ्यानहरु माझ आफ्नो युट्यूब च्यानल मार्फत ब्यक्तिगत जीवनमा जोडिएका विषयहरु शेयर गर्दै आएकि छन् ।

उनी आफ्नो मर्निङ रूटिन अन्र्तगत स्किन केयरसहित आफ्ना बिदाका दिनको चर्चा यस च्यानलमार्फत गर्दै आएकी छन् । यसका साथै उनको च्यानलमा बेस्ट फ्रेण्ड आकांक्षा रंजन कपूरको रमाइलो भिडियो हेर्न सकिन्छ ।

२. शिल्पा शेट्टी
अन्य बलिउड अभिनेत्रीका तुलनामा शिल्पा शेट्टी सामाजिक सञ्जालमा क्रियासिल रहन्छिन् । अन्य समयझै उनको सक्रियता लकडाउनमा पनि रह्यो । उनी आफ्नो च्यानलमा टिकटक भिडियो, कुकिंग र फिटनेस सम्बन्धित भिडियो शेयर गर्दै आएकि छन् । उनका भिडियो निकै चर्चामा रहने गरेका छन् ।

३. वरुण धवन
वरुण धवनले पनि सन् २०१९ को मार्चबाट यूट्यूब च्यानलको शुरुवात गरेका छन् । उनी इन्स्टाग्राममा पनि बिभिन्न कन्टेन्ट बनाउदै यसलाई शेयर गर्दै आएका छन् ।

युट्युबमा समेत उनले पार्टी, फ्यान्हरुसंगको कुराकानी लगायतका मनोरञ्जनात्मक भिडियो रहने गरेको छ ।

४. प्रियंका चोपडा
प्रियंका चोपडाको युट्युब च्यानलमा उनको जीवनका महत्वपुर्ण गतिविधिले स्थानपाउने गरेको छ । उनले आफ्नो च्यानल मार्फत यूनाइटेड नेसन्स जनरल एसेम्बलीको स्पिच शेयर गरेकि छन् । यस अलावा उनी यूनीसेफ ब्राण्ड एम्बेसेडरका रुपमा विश्वभर भेटेका बालबालिकाको भिडियो समेत शेयर गर्छिन् । प्रियंकाको युट्युब एमी अवार्ड र स्वच्छ भारत अभियानसंग जोडिएका भिडियो समेत रहने गरेका छन् ।

५. ज्याकलिन फर्नान्डेज
ज्याकलिन फर्नान्डेजले आफ्नो भिडियोमा नै आफ्नो समग्र परिचयदिँदै उनको परिवार, बालापन, पहिलो र्याम्पवाक, मिस श्रीलंका जित्दाको क्षण लगायतका महत्वपुर्ण घटना उनको च्यानलमा पाइन्छ ।

ज्याकलिनले केहि अघि बनाएको सर्ट मुभि समेत आफ्नो च्यानलमार्फत नै शेयर गरेकि थिइन् ।

६. काजल अग्रवाल
दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री काजल अग्रवाल पनि आफ्नो युट्युब च्यानलमा उनको जीवनका रोचक घटनाहरु हेर्न पाइन्छ । उनी आफ्नो च्यानलमार्फत पायथन जस्ता खतरनाक सर्पसंग खेलेको भिडियो पनि शेयर भएको छ ।

यस अलावा उनको वर्कआउट्स भिडियो र अधत्यामिक भिडियो रहेको छ । उनको क्रेज फ्यानहरु माझ निकै छ ।

७. कार्तिक आर्यन
बलिउडका नवस्टार कार्तिक आर्यन आफ्नो यूट्यूब प्लेटफर्ममा पर्सनल लाइफसंग जोडिएका कैयौं भिडियो शेयर गर्दै आएका छन् । उनी आफ्नो च्यानलमा दैनिक रुटिन र अवार्ड् नाइटका भिडियोहरु शेयर गर्दछन् । कार्तिक आफ्नो भिडियो मार्फत रियल लाइफ पर्सनालिटीलाई जोड्ने गर्दछन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : ४२ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता