सोमबार एकैदिन थपिए ४७६ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

सोमबार एकैदिन थपिए ४७६ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११२ महिला र ३६४ पुरुष गरी ४७६जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४७६ जनामा संक्रमण देखिएको हो। आज थपिएका ४७६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ।

कुन जिल्लामा कति थपिए ?

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका एकजना महिला,जगेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका १० महिला र ५ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुुषाका ६ जना पुरुष र महोत्तरीका ४ जना पुरुष, नारायणी अस्पताल विरगंजमा गरिएको परीक्षणमा पर्साका एक पुरुष मा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा टेकुमा बाग्लङुका एक महिला र १३ जना पुरुष, अर्घाखाँचीका ३ जना महिला र २४ जना पुरुषा, भक्तपुरका एकजना पुरुषा, धनकुटाका एकजना पुरुष, गोरखाका ५ जना पुरुष, गुल्मीका ५ महिला र १५ जना पुरुष र खोटाङका एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका एकजना महिला र १२ जना पुरुष, पर्वतका एकजना महिला र १२ जना पुरुष, प्युठानका एकजना महिला र ४ जना पुरुष, रौतहटका एकजना महिला र १५ जना पुरुष, रोल्पाका एकजना पुरुष, रुपन्देहीका ३ जना पुरुष, स्याङ्जाका एकजना महिला र ७ जना पुरुष, तनहँुका ५ महिला र ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका एकजना महिला र एकजना पुरुष, काठमाडौंका २ जना महिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका ११ जना पुरुष, चितवनका २ महिला र२ जना पुरुष, कैलालीका एकजना पुरुष, र पाल्पाका १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका ३ जना पुरुष, मकवानपुरका एकजना पुरुष र रौतटहका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका एकजना पुरुष, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एकजना पुरुष, रौतहटका एकजना पुरुष र ललितपुरका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजना पुरुष र बाजुराका २० जना महिला र ४६जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका २ जना पुरुष, रुपन्देहीका २ जना पुरुष, प्युुठानका एकजना महिला र ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका २ जना पुरुष र कालिकोटका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका २२ महिला र ३६जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराका ८ जना महिला र २४ पुरुष, रुकुम पश्चिमका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ८ महिला र २१ पुरुष रडोटीका १७ जना महिला र ५२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ३१३४ पुगेको छ।  प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ४ : ५९ बजे

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं–  निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर : देउवा

वीरगञ्ज– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण

झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्रालाई