२४ घण्टामा १२१ कोरोना संक्रमणमुक्त, निको हुने ३१३४ पुगे « Khabarhub

२४ घण्टामा १२१ कोरोना संक्रमणमुक्त, निको हुने ३१३४ पुगे


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभरबाट १२१ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। जसमध्ये महिला १३ र १०८ जना पुरुष छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानाबाट झापाका एक पुरुष, नारायणी अस्पताल विरगञ्जबाट पर्साका तीन महिला २० पुरुष, अल्पमाई नर्सिङ इन्टिस्च्यूट सर्लाहीबाट १३ पुरुष, कोभिड१९ अस्पताल सपही धनुषाबाट तीन पुरुष संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

त्यसैगरी महेन्द्रगेनाई अस्पताल सिरहा बाट एक महिला र १३ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराबाट एक महिला र एक पुरुष, म्याग्दी अस्पताल म्यादीबाट तीन पुरुष, पर्वत अस्पताल पर्वतबाट दुई महिला र ६ पुरुष निको भएर डिस्चारज भएका छन् ।

यसैगरी स्याङजा अस्पतालबाट चार महिला र २९ पुरुष, तँनहु अस्पताल तँनहुबाट ५ पुरुष, नुवाकोट अस्पताल नुवाकोटबाट २ महिला र ६ पुरुष, सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालब बाँकेबाट २ पुरुष, आर्दशनगर आइसोलेसन सेन्टर बाँके ३ पुरुष, आइसोलेसन सेन्टर खजुरा बाँकेबाट ३ पुरुष संक्रमणमुक्त भई डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभरबाट हालसम्म ३ हजार १ सय ३४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २६६ र २ हजार ८ सय ६६ जना पुरुष रहेका छन्।

नेपाल पछिल्लो २४ घण्टामा ४७६ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या १३ हजार ६सय ६२ सय ७२ पुगेको छ। जसमध्ये २९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ५ : ४३ बजे

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा