२४ घण्टामा १२१ कोरोना संक्रमणमुक्त, निको हुने ३१३४ पुगे | Khabarhub Khabarhub

२४ घण्टामा १२१ कोरोना संक्रमणमुक्त, निको हुने ३१३४ पुगे


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभरबाट १२१ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। जसमध्ये महिला १३ र १०८ जना पुरुष छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानाबाट झापाका एक पुरुष, नारायणी अस्पताल विरगञ्जबाट पर्साका तीन महिला २० पुरुष, अल्पमाई नर्सिङ इन्टिस्च्यूट सर्लाहीबाट १३ पुरुष, कोभिड१९ अस्पताल सपही धनुषाबाट तीन पुरुष संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

त्यसैगरी महेन्द्रगेनाई अस्पताल सिरहा बाट एक महिला र १३ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराबाट एक महिला र एक पुरुष, म्याग्दी अस्पताल म्यादीबाट तीन पुरुष, पर्वत अस्पताल पर्वतबाट दुई महिला र ६ पुरुष निको भएर डिस्चारज भएका छन् ।

यसैगरी स्याङजा अस्पतालबाट चार महिला र २९ पुरुष, तँनहु अस्पताल तँनहुबाट ५ पुरुष, नुवाकोट अस्पताल नुवाकोटबाट २ महिला र ६ पुरुष, सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालब बाँकेबाट २ पुरुष, आर्दशनगर आइसोलेसन सेन्टर बाँके ३ पुरुष, आइसोलेसन सेन्टर खजुरा बाँकेबाट ३ पुरुष संक्रमणमुक्त भई डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभरबाट हालसम्म ३ हजार १ सय ३४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २६६ र २ हजार ८ सय ६६ जना पुरुष रहेका छन्।

नेपाल पछिल्लो २४ घण्टामा ४७६ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या १३ हजार ६सय ६२ सय ७२ पुगेको छ। जसमध्ये २९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ५ : ४३ बजे

नयाँ बजेटमा युवाको नजर

सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको बजेटमा

विश्व संगीत दिवस : राष्ट्रिय थारू कलाकार मञ्चले काठमाडौंमा वृहत कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा वृहत

भारतको एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु

काठमाडौं– भारतको उत्तर प्रदेशमा पर्ने अमरोहामा एक पटाका कारखानामा विष्फोट

इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ?

काठमाडौं– नेपाली समाजमा एउटा आहान छ– इयाली बियाँली दिन गुमाई,

निराशा होइन, आशाको सञ्चार जरुरी छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको