मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी « Khabarhub

मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको जानकारी दिए ।

बैठकमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि जारी लक-डाउनका बारेमा छलफल हुने बताइएको छ ।

सोमवार अपराह्न बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले आन्तरिक उडान सुचारू गर्ने र लक-डाउनलाई थप हेरफेर गर्ने विषयमा छलफल गरेको थियो ।

त्यसलगत्तै बसेको मन्त्रिपरिषद बैठकमा पनि सोही बारेमा छलफल हुने र कुनै ठोस निर्णय आउन सक्ने अपेक्षा गरिएको छ ।

सीसीएमसीको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरूका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाउने निर्णय गएको छ भने विमानस्थलका कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षाका सामग्री बाँड्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ७ : ०६ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ