मालपोत कार्यालय बाराका लेखापाल ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

मालपोत कार्यालय बाराका लेखापाल ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार २०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट रापअन द्वितीय श्रेणीमा प्रवेश गरेका ठाकुर सहलेखापाल पदमा नियुक्ति भई २०७२ साल वैशाख २२ मा लेखापालमा बढुवा हुँदासम्म रु तीन करोड चार लाख ९४ हजार ३०८ बराबरको सम्पत्ति गैरकानूनीरुपमा आर्जन गरेको पाइएको छ ।

ठाकुरले सार्वजनिक सेवाको पदमा रहँदा रु तीन करोड १५ लाख ७५ हजार १६ बराबरको सम्पत्ति सिर्जनामा खर्च लगानी गरेको देखिएको छ । स्रोत खुल्न नआएको रु तीन करोड चार लाख ९४ हजार ३०८ बराबरको सम्पत्ति अवैध रहेको आयोगले ठहर गरेको छ ।

यस्तै आयोगले ठाकुरका नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा रहेको मौज्दात रु दुई करोड ७६ लाख ४४ हजारसमेत जफत गर्न माग गरेको छ । आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

त्यस्तै आयोगले वीरेन्द्रनगर नगरपालिका– ४ को वडा कार्यालयमा प्रशासन सहायक करार सेवामा कार्यरत रत्नबहादुर विकलाई पक्राउ गरेको छ ।

आयोगका अनुसार वडा कार्यालयमा उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जग्गा नगरी हिनामिना गरेको अभियोगमा आयोगको सुर्खेत कार्यालयबाट गएको आयोगको टोलीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ७ : २७ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष