निजामती विधेयकमा कांग्रेसको सातबुँदे फरक मत | Khabarhub Khabarhub

निजामती विधेयकमा कांग्रेसको सातबुँदे फरक मत


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रमुख प्रतिपक्षी कांग्रेसले फरक मत पेस गरेको छ ।

समितिबाट सोमबार बहुमतले पारित भएको विधेयकमा कांग्रेसले सातबुँदे फरक मत पेस गरेको हो । कांग्रेसका सांसदहरू दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, डिला संग्रौला र अमरेशकुमार सिंहले लिखित फरक मत पेस गरेका हुन् ।

सांसद बडूका अनुसार निजामती विधेयकको परिभाषा खण्डमा नै कांग्रेसको फरक मत छ । उनले समायोजन भएर प्रदेश र स्थानीय तहमा पठाइएका कर्मचारीलाई पनि संघीय सेवा अन्तर्गत ल्याउनुपर्ने माग गरिएको बताए ।

त्यस्तै, संघीय सेवाको पदपूर्तिमा बढुवामा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था कायम राख्नुपर्ने, स्थायी कर्मचारीलाई खुला र आन्तरिक प्रतिस्पर्धामा उमेर हद हटाउनुपर्ने, निवृत्तिभरण नपाउने व्यवस्था हटाउनुपर्ने माग गरिएका छन् ।

यसैगरी निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनबारे सरकारले प्रस्ताव गरेको विधेयकको व्यवस्था नै कायम गर्नुपर्ने, साविकको घरेलु तथा साना उद्योग विकास समिति र दुर्गम क्षेत्र विकास समितिका कर्मचारीलाई पनि निजामती सेवामा समेट्नुपर्ने र निजमती सेवा नियमावली, २०४९ अनुसार कर्मचारीले खाइपाइ आएको सुविधा यथावत हुनुपर्ने कांग्रेसको माग छ ।

 

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ८ : ५० बजे

 अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं– कञ्चनपुरको भिमदत्त नगरपालिका-१ भासी साईफन नहरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ

वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने

काठमाडौं– यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको

राजनीतिकरणले देश बिग्रियो, अब दलीय ट्रेड युनियन हुँदैन

‘सार्वजनिक प्रशासन नचिनेको र नकिनेको रुपान्तरण’ अभियान के हो ?

निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल

काठमाडौं– आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको मृत्यु

इस्तानबुल– टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त