ग्रामीण क्षेत्रमा सर्पदंशका बिरामी बढी, चेतनाको अभावमा झारफुक गर्ने उत्तिकै | Khabarhub Khabarhub

ग्रामीण क्षेत्रमा सर्पदंशका बिरामी बढी, चेतनाको अभावमा झारफुक गर्ने उत्तिकै



झापा – बाह्रदशी गाउँपालिका – २ राजगढका वीरवहादुर कार्की दुई दिनअघि विषालु सर्पको डसाइका कारण बिरामी परे । यतिबेला उनको नेपाली सेनाले सञ्चालनमा ल्याएको झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ ।

गोमन सर्पले डसेको डेढ घण्टाभित्र सर्पदंश उपचार केन्द्र चारआली आइपुगेका कार्कीले उपचारपछि अहिले नयाँ जीवन पाएका छन् ।

सर्पदंशका कारण बिरामी पर्ने कार्की ग्रामीण क्षेत्रका एक प्रतिनिधि मात्र हुन् । कतिपयले त सर्पको टोकाइबाट ज्यानसमेत गुमाउने गर्छन् ।

वर्षायाम शुरु भएसँगै झापामा सर्पदंशका बिरामी बढेका छन् । ग्रामीण क्षेत्रका सर्वसाधारण सर्पको टोकाइबाट हरेक वर्ष धेरै पीडित हुने गरेका छन् ।

प्रत्येक वर्ष झापामा झण्डै ३ हजार ५ सय जना सर्पको टोकाइबाट बिरामी पर्ने गरेका छन् । सर्पदंश उपचार केन्द्र चारआलीको तथ्याङ्क अनुसार गत वर्ष १ हजार ३ सय ३६ जना सर्पदंशका कारण बिरामी भएका छन् ।

जसमध्ये ३१ जनालाई विषालु सर्पले डसेको थियो । झापासहित देशभर नै विषालु सर्पले मानिसहरु प्रभावित हुने गरेको सर्पदंश उपचार केन्द्र चारआलीका डा.सुलभ श्रेष्ठ बताए ।

झापामा सर्पदंश उपचार केन्द्र चारआली सहित नेपाल रेडक्रस सोसाइटीले सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्र दमक र कनकाई नगरपालिकाको कोटिहोममा रहेको सहारा सर्पदंश उपचार केन्द्रबाट पनि सर्पदंशका बिरामीले उपाचार पाउँदै आएका छन् । दमक र कनकाई नगरपालिकामा रहेको सर्पदंश उपचार केन्द्रमा पनि उपचार गराउनेको संख्या पनि उस्तै छ ।

सर्पदंश उपचार केन्द्र चारआलीमा चालू आर्थिक वर्षको वैशाख,जेठ र असारको दोसो हप्तासम्ममा सर्पदंशको उपचार गराउनेको संख्या २ सय ५० रहेको छ भने दमकमा वैशाख र जेठमा मात्रै १ सय ६८ जनाले सर्पदंशको उपचार गराएका छन् ।

चेतनाको अभावले ग्रामीण क्षेत्रमा अझै पनि सर्पले डसे झारफुक गर्ने चलन हटेको छैन । सर्पले डसेका व्यक्तिलाई समयमा अस्पतालसम्म नपुर्‍याउँदा कतिपयले अकालमै ज्यान गुमाउने गरेको सर्पदंश उपचार केन्द्रका प्रविधिकहरु बताउँछन् ।

‘मानिसहरु सर्पले डसेपछि आत्तिने तथा चेतनाकै अभावको कारण समस्यामा पर्ने गरेका छन्’, सर्पदंश चारआलीका प्रविधिक डा.शुलभ श्रेष्ठले भने, ‘सर्पले डसेपछि आफू भएकै ठाँउमा बस्ने र आफन्तलाई बोलाएर अस्पताल ल्याइहाल्नुपर्छ ।”

सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईका अनुसार सर्पदंश उपचार केन्द्र चारआलीमा भेन्टिलेटरको अभावका कतिपय बिरामीको उपचारमा समस्या हुने गरेको छ ।

सर्पदंशका कारण हरेक वर्ष झापामा कति मानिसले अकालमा ज्यान गुमाउँदै आएका छन् त्यसको यकिन तथ्याङ्क छैन । तर, सर्पदंशका कारण बिरामीको संख्या थपिने क्रम भने हरेक वर्ष बढ्दो छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १ : २७ बजे

गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिन्छ  : एनपी साउद

कञ्चनपुर– नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गुणस्तरीय शिक्षाका

सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व संकलन

कैलाली– नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले

खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान

तनहुँ– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९

‘पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’

भादगाउँ– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन